site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भन्सार छली  ल्याएको ५ लाख बराबरको कपडा बरामद 

चितवन । चितवनमा भन्सार छलेर ल्याएको करिब ५ लाख बराबरको कपडा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार भरतपुर महानगरपालिका-३ शहिदचोकमा लु २ ख ३४० नम्बर रोकेर चेकजाँच गर्ने क्रममा उक्त सामान बरामद गरिएको हो । 

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले भन्सार छली ल्याएको ४ लाख ७५ हजार रुपैयाँ बराबरको ९ सय ५० थान कुर्ता सलवार बरामद गरिएको जानकारी दिए ।

भन्सार छल्ने कार्यमा संलग्‍न दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवलपरासीको सरावल गाउँपालिका - ३ बस्‍ने उक्त ट्रकका चालक राम बहादुर चौधरी र सोही ठाउँ बस्ने मीना केसीलाई आइतबार बिहान साढे ४ बजे  नियन्त्रणमा लिएको प्रवक्ता थापाले बताए । उनीहरुलाई आवश्यक कारबाहीको लागि वीरगञ्‍ज भन्सार कार्यालय पठाइएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १९:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro