site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तीन महिनापछि प्रदेशसभा बैठक, प्रदेश अनुसन्धान ब्‍युरोसम्बन्धी विधेयक पारित
SkywellSkywell

जनकपुर । प्रदेश २ मा तीन महिनापछि आइतबार बसेको प्रदेशसभा बैठकले प्रदेश अनुसन्धान ब्‍युरो स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ पारित गरेको छ ।

कोरोना महामारीबीच गत असार ३१ गते प्रदेशसभाको अन्तिम बैठक बसेको थियो । त्यसयता पहिलोपटक आइतबार बसेको बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रस्तुत गरेको उक्त विधेयक सर्वसम्मतिले पारित भएको सभामुख सरोजकुमार यादवले घोषणा गरेका छन् ।

KFC Island Ad
NIC Asia

बैठकमा महिला, बालबालिका तथा सामाजिक न्याय समिति सभापति जयनुल राइनले स्वास्थ्य सेवासम्बन्धी विधेयक २०७६ दफावार छलफलका लागि सभामा पेस गरेका थिए । त्यस्तै, आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार यादवले कर तथा गैरकर राजस्व लगाउने र उठाउने कानुनी व्यवस्था गर्न बनेको विधेयक २०७६ छलफलका लागि सभामा पेस गरे ।

बैठक सुरु हुनासाथ नेपाली कांग्रेका सांसदहरुले ६ महिना बित्दा पनि क्‍वारेन्टिनको व्यवस्था गर्न नसकेको भन्दै सम्बन्धित मन्त्रालयको जवाफ माग्दै सदन अवरुद्ध गरेका थिए । उनीहरुको अवरोधपछि सभामुख यादवले सरकारको ध्यानाकर्षण भएको र आजको बैठकमा शून्य तथा विशेष समयको व्यवस्था नरहेको भन्दै बैठक नियमित गराएका थिए । प्रदेशसभाको अर्को बैठक भोलि (सोमबार) दिउँसो १ बजे बोलाइएको छ ।

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २५, २०७७  १६:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro