site stats
बाह्रखरी :: Baahrakhari
विशेष
भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु 

चितवन ।  भरतपुर अस्पतालमा उपचाररत थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । 

मृत्यु हुनेमा भरतपुर महानगरपालिका वडा नम्बर १ का ४७ वर्षीय पुरुष रहेका छन् । ती पुरुषको भरतपुर अस्पतालमा उपचारको क्रममा शनिबार साँझ साढे ६ बजे मृत्यु भएको हो ।

Argakhachi Cement Island Ad

असोज २३ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भएर ती पुरुषलाई अस्पतालमा भर्ना गरिएको उनको आज साँझ साढे ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिए । ती पुरुषलाई २३ गते नै कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

उनको स्वास्थ्य अवस्था थप जटिल हुँदै गएपछि आईसीयूमा राखेर भइरहेको थियो । 

प्रकाशित मिति: शनिबार, असोज २४, २०७७  २१:०९
प्रतिक्रिया दिनुहोस्