site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश २ : कोरोना संक्रमित तीन जनाको मृत्यु, ४३ संक्रमित थपिए

जनकपुर । सप्तरी र सिरहामा कोरोना संक्रमण भएका तीन जनाको शुक्रबार मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

सप्तरीको राजविराज नगरपालिका -६, राजगढ घर भएका ७० वर्षीय पुरुष, सप्तरीकै रुपनी गाउँपालिकामा घर भइ काठमाडौंमा उपचार गराइरहेका ३६ वर्षीय पुरुष र सिरहाको लहान नगरपालिका –६ घर भइ पाटन अस्पतालमा उपचार गराइरहेकी ४८ वर्षीया महिलासमेत तीन जनाको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले प्रेस विज्ञप्ती मार्फत जनाएको छ । 

Argakhachi Cement Island Ad

शुक्रबार प्रदेशका विभिन्‍न जिल्लामा ४३ जना कोरोना संक्रमित भएका छन् । धनुषामा तीन जना, महोत्तरीमा पाँच जना, सिरहामा दुई जना, बारामा सात जना, पर्सामा १२ जना, रौतहटमा सात जना र सप्तरीमा सात जना संक्रमित थपिएका हुन् । 

शुक्रबार एक सय ७० जना कोरोना संक्रमणमुक्त भएका छन् । प्रदेशमा १४ हजार ५७ जना संक्रमित भएकोमा एक सय ४७ जनाको मृत्यु भएको छ भने ११ हजार सात सय जना कोरोनामुक्त भएका छन् । प्रदेशमा सक्रिय संक्रमितको संख्या दुई हजार दुई सय १० रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज २३, २०७७  १८:३०
प्रतिक्रिया दिनुहोस्