site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रशिक्षण सुरु नगराउन राखेपलाई ए डिभिजन क्लबको दबाब

काठमाडौं । पछिल्लो सात महिनादेखि नेपाली खेलकुद ठप्प रहँदा खेलाडी घरभित्रै खुम्चिन बाध्य भएका छन् । उनीहरु प्रशिक्षणका लागि मैदानमा फर्किन आँतुर छन् । खेलाडीहरुलाई आफ्नो लयको चिन्तामा छन् । उनीहरु आर्थिक समस्यामा समेत परेका छन् । 

विशेषगरी व्यवसायिक फुटबल खेल्ने खेलाडी निकै नै समस्यामा परेका छन् । उनीहरुलाई न संघले हेरेको, न त क्लब र सरकारले । यस्तो अवस्थामा पनि खेलाडी मैदान फर्किन चाहन्छन् । प्रशिक्षण गर्न चाहन्छन् । 

फुटबल गतिविधि सञ्‍चालन गर्न अनुमतिका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा निवेदन समेत पेश गरेको छ । तर, तिनै एन्फा मातहतमा रहेको सहिद स्मारक ए डिभिजन लिग खेल्ने क्लबले प्रशिक्षण सुरु नगर्न राखेपलाई दबाब दिएको खुलेको छ । 

एलिट क्लब विराटनगरको आयोजनामा कोरोना भाइरसले नेपाली खेलकुद क्षेत्रमा ल्याएको चुनौती र सम्भावनाका विषयमा बिहीबार भएको अनलाइन अन्तरक्रिया कार्यक्रममा बोल्दै राखेपका सदस्य सचिव रमेश कुमार सिलवालले ए डिभिजन लिगले प्रशिक्षण सुरु नगर्न दबाब दिएको बताएका छन् । उनले प्रशिक्षणको विषयमा दोहोरो दबाब आइरहेको बताएका हुन् । 

सिलवालले भने, “एन्फाले छिटोभन्दा छिटो खेलकुदको माहोल सुरु गर्नुपर्‍यो भनिरहेका छ । तर, अर्कोतर्फ क्लबहरुले भने अहिले सुरु नगर्न दबाब दिइरहेका छन् । म त्यस्तो निकायमा छु कि मैले सरकारको निर्देशन पनि मैले मान्‍नुपर्ने अवस्था छ । त्यसलाई पनि लागु गर्नु मेरो जिम्मेवारी हो । सम्बन्धित खेलको भविष्य पनि मैले हेर्नु पर्नेछ । यो सबैलाई मैले समन्वय गरिरहेको छु ।”

क्लबहरुले दबाब दिएको विषयमा उनले भने, “काठमाडौंको ए डिभिजन फुटबल क्लबका केही साथीहरु आएर मलाई मिडियाको हल्लामा आएर तपाईंले खेलकुद गतिविधि छिट्टै नै सुरु गर्दै हुनुहुन्छ रे ? हाम्रो अनुरोघ चाहीँ छिट्टै खेलकुद गतिविधि सुरु नगरी दिनूस् भन्ने हो ।”

प्रतिउत्तरमा आफूले क्लबहरुलाई ‘तपाईकै साथीहरु आएर छिटो खेल गतिविधि सुरु गर्न भनिरहेका छन् । तर, तपाई चाहीँ ढिलो भन्दै हुनुहुन्छ । किन भनेर मैले सेधेको’ सदस्य सचिव सिलवालले बताए । 

क्लबहरुले गरेको आग्रहका विषयमा सिलवालले भने, “उनीहरुले दाइ हामीले हेल्थ प्रोटोकल मान्‍नुपर्ने हुन्छ । त्यसका लागि हामीसँग होस्टेल छैन । हामीसँग आफ्नो सेप्रेट होटेल पनि छैन । खेल गतिविधि सुरु भए होटेलमा राख्नु पर्‍यो । हामीले होटेलमा राख्नु पर्‍यो भने एक खेलाडी बापत कम्तिमा दिनको तीन हजार खर्च हुन आउँछ । एक महिना यस्तै गरी बस्‍नु पर्‍यो भने हाम्रो एक लाख खर्च हुन आउँछ । करिब २० जना खेलाडी मात्र राख्‍ने हो भने, प्रतियोगिता नहुँदा एक महिनाको २० लाख खर्च गर्ने हाम्रो क्षमता छैन् ।” 

प्रायोजक विस्तारै भाग्दै छन् । हाम्रो ढुकुटीमा पैसा पनि छैन । त्यसैले बरु प्रतियोगिताको माहोल बनेपछि त्यसको अलिकति अगाडिदेखि प्रशिक्षण सुरु गरिदिए हुन्छ । तपाईंले मिडियाबाट दबाब आयो भन्दैमा अहिले नै हतार नगरी दिनुस् । अर्को तिरबाट ढिलो भयो प्रशिक्षण  सुरु गर्नुपर्छ भन्‍ने दबाब आइरहेको छ । 

सदस्य सचिव सिलवालले प्रशिक्षण सुरु गर्न सरकारसँग पनि छलफल गरिरहेको बताएका छन् । तर, पछिल्लो समय जनघनत्व बढी भएको काठमाडौं जस्तो ठाउँमा कोरोना संक्रमणको संख्या बढ्दो भएकाले दुई चार दिन वेट एण्ड सीको अवस्था बाहेक अर्को विकत्ल्प नभएको उनको बुझाइ छ ।  

कोरोनाले खेलाडी र प्रशिक्षकको मानसिक असर पारेकाले छिट्टै प्रशिक्षणका लागि मैदानमा फर्काउन आफूलाई पनि दबाब भएको उनले बताए । खेलाडीहरुले यस्तो अवस्थामा सिक्न र प्रतियोगिता खेल्न नपाएको भन्दै उनीहरुमा मानसिक असर परेको  बताए । 

राखेप सदस्य सचिव सिलवालले खेलाडीमा मानसिकसँग सँगै आर्थीक असर पनि परेको बताए । विभागिय टोलीमा रहेका खेलाडीलाई त्यती असर नपरे पनि खेल खेलेर जिविकोपार्जन गरिरहेका फुटबल जस्ता खेलाडीलाई भने निकै नै आर्थिक समस्याले पनि असर गरिरहेको बताए । क्लबहरु आर्थिक रुपमा बलियो नभएको र पाउनु पर्ने सम्झौता अनुसारको पैसा नपाउनुले पनि खेलाडी आर्थिक समस्यामा परिरहेका उनले सुनाए । 

कोरोना भाइरसले खेलाडीमा अबको भविष्य के हुने भन्ने अर्को चिन्ता बढेको बताए । “एउटा माहोल बिस्तारै बन्दै थियो । विभिन्‍न तहबाट खेलकुदको माहोल बनाउने तयारी गरी रहेका थियो । कर्पोरेट सेक्टरलाई पनि कम्तिमा २५ प्रतिशत स्पोन्सर गर्न आग्रहर गरेका थियौ । त्यसले खेल व्यवसायिक बन्‍नसक्ने अवस्था थियो । तर, हाल त्यो पनि सम्भव भएन,” सदस्य सचिव सिलवालले भने ।

उनले खेल गतिविधि सुरु भए लगत्तै सो वातावरण सुरु गर्न कर्पोरेट सेक्टरलाई पनि आग्रह गर्ने बताए । अवस्था केही सामान्य हुने बित्तिकै सातवटै क्षेत्रका खेलाडी र प्रशिक्षकलाई विषयगत र मनोवैज्ञानिक प्रशिक्षण दिने योजना राखेपले बनाइरहेको उनले बताए । सो प्रशिक्षणमा उनीहरुको खानपिन र लामो समयमो विश्रामपछि कसरी प्रशिक्षणमा फर्किने भन्ने विषयको बारेमा छलफल हुने उनले बताए । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  २१:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro