site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश २ : कोरोना संक्रमित एकजनाको मृत्यु, ७१ संक्रमित थपिए
Argakhachi Cement Island Ad

जनकपुर । धनुषामा कोरोना संक्रमण भएका एक जनाको बिहीबार मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ । धनुषाको सहिदनगर नगरपालिका -१, चिरैयाटोल घर भएका ७० वर्षीय एक पुरुषको कोरोनाको कारण मृत्यु भएको हो । 

बिहीबार प्रदेशका विभिन्‍न जिल्लामा ७१ जना संक्रमित भएका हुन् । धनुषामा सात जना, महोत्तरीमा दुई जना, सिरहामा पाँच जना, बारामा १० जना, पर्सामा आठ जना र रौतहटमा ३९ जना संक्रमित भएको मन्त्रालयको तथ्यांकले देखाएको छ ।

बिहीबार एकै दिन विभिन्न जिल्लामा दुई सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् । कुल १४ हजार १४ संक्रमित भएकोमा एक सय ४४ जनाको मृत्यु भएको छ भने ११ हजार पाँच सय ३० जना कोरोनामुक्त भएका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज २२, २०७७  १८:४३
प्रतिक्रिया दिनुहोस्