site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश २ : कोरोना संक्रमित एकजनाको मृत्यु, ५७ संक्रमित थपिए
Argakhachi Cement Island Ad

जनकपुर । पर्सा जिल्लामा कोरोना लागेका एक जनाको बुधबार मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पर्साको बहुदरमाई नगरपालिका –२ घर भर्ई बाबा होटेलको आइसोलेसनमा नेश्‍नल मेडिकल कलेजको निगरानीमा उपचार गराइरहेकी ६८ वर्षीया एक महिलाको मृत्यु भएको हो । 

बुधबार प्रदेशका विभिन्न जिल्लामा ५७ जना संक्रमित भएका छन् । धनुषामा आठ जना, महोत्तरीमा तीन जना, सिरहामा १२ जना, बारामा एक जना, पर्सामा तीन जना, सर्लाहीमा १० जना, रौतहटमा आठ जना र सप्तरीमा १० जना तथा जिल्ला खुल्न नसकेका अन्य दुई जनामा कोरोना संक्रमित भएको हो ।

प्रकाशित मिति: बुधबार, असोज २१, २०७७  १७:०५
प्रतिक्रिया दिनुहोस्