site stats
बाह्रखरी :: Baahrakhari
देश
प्रदेश २ : कोरोना संक्रमित ६ वर्षीय बालकसहित दुई जनाको मृत्यु

जनकपुर । धनुषा र सर्लाहीमा कोरोना लागेका दुई जनाको मंगलबार मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

धनुषाको सहिदनगर नगरपालिका -६, हरबडा टोलका एक जना ६ वर्षीय बालक र सर्लाही जिल्लाको लालबन्दी नगरपालिका -८ घर भइ चितवन मेडिकल कलेजको भरतपुरस्थित शिक्षण अस्पतालमा उपचाररत ४६ वर्षीय पुरुषको कोरोनाको कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको हो ।

Argakhachi Cement Island Ad

मंगलबार प्रदेशका विभिन्‍न जिल्लामा ६३ जना कोरोना संक्रमित भएका छन् । धनुषामा १४ जना, महोत्तरीमा दुई जना, सिरहामा सात जना, बारामा पाँच जना, पर्सामा १‍० जना, सर्लाहीमा एक जना, रौतहटमा दुई जना र सप्तरीमा २२ जना संक्रमित भएका हुन् ।

मंगलबार विभिन्‍न  जिल्लाबाट एक सय ५७ जना कोरोनामुक्त भइ डिस्चार्ज भएका छन् । प्रदेशमा १३ हजार ८८६ जना जना संक्रमित भएकोमा १४२ जनाको मृत्यु भएको छ भने ११ हजार दुई सय ६६ जना कोरोनामुक्त भइसकेका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज २०, २०७७  १८:१४
प्रतिक्रिया दिनुहोस्