जनकपुर । सर्लाही र पर्सामा कोरोना लागेका दुई जनाको सोमबार मृत्यु भएको छ ।
सर्लाहीको हरिपुर्वा नगरपालिका –५ निवासी हाल काठमाडौंस्थित एएमएस अस्पतालका ६५ वर्षीय पुरुष र पर्साको पोखरिया नगरपालिका –२ लमडिया टोलकी ६८ वर्षीया महिलागरी दुई जनाको कोरोनाकै कारण मृत्यु भएको सामाजिक विकास मन्त्रालयले पुष्टि गरेको छ ।
सोमबार प्रदेशका विभिन्न जिल्लामा ४४ जना संक्रमित भएका छन् । धनुषामा नौ जना, महोत्तरीमा दुई जना, सिरहामा आठ जना, बारामा चार जना, पर्सामा तीन जना, सर्लाहीमा सात जना, रौतहटमा तीन जना र सप्तरीमा आठ जना संक्रमित भएका हुन् ।
सोमबार प्रदेशका विभिन्न जिल्लाबाठ १७ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म प्रदेशमा कुल संक्रमितको संख्या १३ हजार आठ सय २३ पुगेको छ । ती मध्ये ११ हजार एक सय नौ जना कोरोनामुक्त भएका छन् भने एक सय ४० जनाको मृत्यु भएको छ ।