site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
 महन्थ ठाकुर अस्वस्थ भएपछि जसपाको समायोजन सुस्तायो
Sarbottam CementSarbottam Cement

काठमाडौं । अध्यक्ष महन्थ ठाकुर अस्वस्थ भएपछि जनता समाजवादी पार्टी (जसपा) को समायोजन प्रक्रिया सुस्ताएको छ । जसपाका एक अध्यक्ष महन्थ ठाकुरको स्वास्थ्यमा समस्या देखिएपछि पार्टी समायोजना प्रक्रिया पनि रोकिएको छ ।  

जसपाका नेता केशव झाले पार्टीका एक अध्यक्ष ठाकुरको मुटुमा राखिएको पेसमेकरमा ब्याट्री राखिएको र अहिले स्वास्थ्यलाभ गरिरहेकाले केही दिन अझै पार्टीको बैठक बस्‍नसक्ने अवस्था नरहेको बताए । ठाकुर स्वस्थ भएपछि समायोजन लगायतका पार्टी एकतापछिका बाँकी कामहरु अघि बढ्ने उनले जानकारी दिए । 

गत असार २८ गते संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकता भएर जनता समाजवादी पार्टी दर्ता प्रक्रिया अघि बढेको थियो । ठाकुर र उपेन्द्र यादव अध्यक्ष रहेर जसपा निर्वाचन आयोगमा दर्ता भइसकेपनि केन्द्रीय समितिमा कार्यविभाजन, प्रदेश समितिसहित स्थानीय तह र भातृ संस्थाको समायोजन भने बाँकी नै छ । दुवैतर्फबाट  समायोजनका लागि गृहकार्य भने भइरहेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भदौ दोस्रो साता जसपाको सचिवालय बैठकले संगठनको समायोजन निर्देशिका पारित गर्दै जिल्ला तहमा परिपत्र पठाएको थियो ।  दुवै पार्टी संगठन, समितिहरु, जनवर्गीय, भ्रातृ संगठनलगायत समायोजन गर्न समायोजनसम्बन्धी निर्देशिका ०७७ नै बनाएको छ । 

एकता हुनुअघि राष्ट्रिय जनता पार्टीको ५३ र समाजवादी पार्टीको ७७ जिल्लामै जिल्ला समिति थियो ।  राजपाका जिल्ला समिति नरहेका जिल्लामा पनि कार्यकर्ताहरु छन् । राजपाको जिल्ला समिति नभएको ठाउँका नेताकार्यकर्ता समाजवादी पार्टीको जिल्ला समायोजनमा समाहित हुनेछन् । समायोजन निर्देशिकामा समायोजनको नीति तथा मापदण्ड प्रष्ट पारिएको छ । 

Global Ime bank

जसमा, ‘समितिको अध्यक्षलगायत नेतृत्व चयन गर्दा सम्बन्धित स्थानका पार्टी सदस्य संख्या, मातहतका समितिहरु, भ्रातृ, जनवर्गीय संगठनहरुलगायत संगठनात्मक स्थिति, पछिल्लो निर्वाचन परिणाम र नेतृत्वमा प्रस्तावित व्यक्तिको वरिष्ठता, क्रियाशीलता, क्षमता, योगयता र प्रभाविकारिता’ लाई मापदण्डका रुपमा लिनुपर्ने उल्लेख छ । सकेसम्म सहमतिमै समायोजन टुंगाउन पनि निर्देशिकामा भनिएको छ । 

समितिहरु समायोजन गर्दा एक व्यक्ति, एक प्रमुख जिम्मेवारी मात्र दिइने  छ । पदेनबाहेक दुई अलग तहका समितिमा रहेका व्यक्तिहरुलाई आफू रहने समिति छनोटको अवसर भने दिइने व्यवस्था गरिएको छ । त्यस्तै समितिमा पदाधिकारी चयन गर्दा सामुदायिक विशेषताअनुसार समावेशीतालाई ध्यान दिनुपर्ने, महिलाको संख्या अपुग भए महिलाबाटै स्थान पूर्ति गर्नेगरी स्थान खाली राख्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

निर्देशिकाअनुसार समायोजन र समिति गठनका लागि गृहकार्य भने जारी रहेको जसपाले जनाएको छ । 

फाइल तस्बिर ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १९, २०७७  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !