देश

काठमाडौं । ललितपुरको ठैव, हरिसिद्धि रुटका सवारीसाधन अझै चल्न सकेका छैनन् ।
ढल तथा नालाका लागि सडकमा पाइप बिछ्याउने काम भइरहेकाले उक्त स्थान हुँदै चल्ने सवारीसाधन चल्न नसकेको महानगरीय ट्राफिक महाशाखाले जनाएको छ ।
जसकारण गोदावरीबाट आउने सवारीसाधनलाई टौखेल बाडेगाउ हुँदै आउने व्यवस्था मिलाइएको छ भने सातदोबाटोबाट जाने सवारीसाधनलाई धापाखेल मोड, हात्तीवन र क्यान्सर अस्पतालको भित्री बाटो हुँदै जाने व्यवस्था मिलाइएको छ ।
लगनखेलबाट जाने सवारीसाधन भने सुनाकोठी, टौखेल हुँदै सञ्चालन भइरहेको महाशाखाले जनाएको छ ।
-सांकेतिक तस्बिर
प्रकाशित मिति: शुक्रबार, असोज १६, २०७७ ११:०४
प्रतिक्रिया दिनुहोस्