site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अख्तियार सुस्ताएपछि संसदीय समितिको चासो 

काठमाडौं  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रहेका ठूला अनियमितता प्रकरणमध्येका हुन् ; वाइबडी जहाज र सेक्युरिटि प्रिन्टिङ प्रेस खरिदमा भएको अनियमितता । अख्तियार दुरुपयोग अनुसनधान आयोगबाट प्रमुख आयुक्त नविन घिमिरे बाहिरिइसकेका छन् । तर, यी ठूला अनियमितताको विषय भने अघि बढेनन् । 

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले यी दुई ठूला अनियमिततामा छानविन अघि नबढेपछि अख्तियारलाई पत्र पठाएर छानबिनको प्रगति प्रतिवेदन माग गरेको छ । 

संसदका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदले यसअघि छानबिनका लागि दिएको निर्देशनअनुसार छानबिन के भयो भनेर प्रगति प्रतिवेदन माग गरिएको जानकारी दिए । 

उनले भने, “वाइडबडी र सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद अनियमितताका छानबिन गर्न निर्देशन दिइएको थियो । त्यसको प्रगती विवरण के भयो भनेर जानकारी मागेका छौं ।” उनले यथाशक्य छानबिनको प्रगतीबारे जानकारी गराउन पत्रमा भनिएको पनि बताए । 

वाइडबडी जहाज खरिद प्रकरण दुई वर्षभन्दा पुरानो हो भने सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरण पनि एक वर्ष पुग्‍न लागिसकेको छ । वाइडबडी विमान खरिदमा लेखा समितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको ठहर गरेको थियो । 

त्यस्तै, प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसन मागेको अडियो टेप बाहिरिएपछि तत्कालिन सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । वाइडबडी प्रकरणमा जोडिएका तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको निधन भइसकेको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, असोज ८, २०७७  २०:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro