site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पर्वतीय खेल कार्यक्रम कहिले होला सुरु ?
SkywellSkywell

काठमाडौं । खेलकुद क्षेत्रको विकासका लागि उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन गर्न सरकारले लामो समय बजेट विनियोजन गरेको छ । कर्णाली प्रदेशलाई मुख्य केन्द्रमा राखेर खेलकुद सञ्चालन हुनसक्ने गरी राष्ट्रिय पूर्वाधार विकासका गर्न बजेट विनियोजन गरेको तत्कालीन अर्थमन्‍त्री युवराज खतिवडाले बताएका थिए ।

कर्णालीको जुम्लामा यसअघि धेरैपटक उच्च पर्वतीय प्रशिक्षण केन्द्रबारे धेरै अध्ययन र छलफल नभएका होइनन् । यसको सम्भावनाका विषयमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र विभिन्‍न संघ-संस्थाहरुले अध्ययन गरेका थिए । यसैका लागि भन्दै सरकारले बर्सेनि बजेट विनियोजन गर्दै आएको थियो । बजेट विनियोजन भए पनि काम भने सुरु हुन सकेन । जस कारण यो शीर्षकमा छुट्याइएको बजेट ‘फ्रिज’ हुँदै आएको थियो ।

यो वर्ष पनि सरकारे हालसम्म उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि छुटएको बजेटका लागि कुनै किसिमको छलफल गरेको छैन । बजेटका नाममा पनि प्रदेश सरकार र जिल्लाले आशा लाग्दो बजेट विनियोजन भने गरेको छैन । जुम्लाको पातारासी गाउँपालिकामा उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि जम्मा १३ लाख रुपैयाँ विनियोजन गरेर काम सुरु गर्न लागेको छ । 

KFC Island Ad
NIC Asia

केन्द्र सरकारले नै बजेट विनियोजन गर्ने भएपछि खुसी भएका कर्णालीका बासिन्दा अहिले भने निराश बनेका छन् । सरकारले बर्सेनि आशा देखाउने र काम नगर्ने गर्दा प्रशिक्षण केन्द्रका हकमा खासै निकास भने निस्किएको छैन ।

ओलम्पियन धावक हरिबहादुर रोकायाले उच्च पर्वतीय प्रशिक्षण केन्द्रका लागि पटक-पटक चरालाई चारो हालेजस्तो बजेट विनियोजन गर्दा खासै विकास नहुने बताए । “केन्द्र सरकारले छुटाएको बजेटमा केही आशा लागेको थियो । तर, हालसम्म केन्द्रको बजेट विनियोजन भएर काम सुरु हुन भने सकेको छैन । जुम्लाको पेरेमा निर्माण हुन लागेको प्रशिक्षण केन्द्रका लागि खेलाडी र प्रशिक्षक उत्साहित थियौं । तर, हालसम्म सरकारले १३ लाख रुपैया विनियोजन गरेको भन्ने सुन्नमा आएको छ । त्यो बजेटले त काम टार्ने मात्र हुन्छ । न खेलाडीले प्रशिक्षण गर्ने माहोल पाउन्छन् । नत खेलकुद क्षेत्रमा विकासको पाटो देखिन्छ,” रोकायाले बाह्रखरीसँग भने ।

Royal Enfield Island Ad

रोकायाले हाल खेलाडीहरुलाई उच्च पर्वतीय खेल कार्यक्रम सञ्चालन लागि अध्ययनका रुपमा रहेको स्थानमा प्रशिक्षण गराइरहेका छन् । कोरोना महामारीबीच समुदायभन्दा सात देखि १० किलोमिटर टाढा रहेको स्थानमा स्वास्थ्य सतर्कता अपनाएर प्रशिक्षण गराइरहेको उनले बताए । 

रोकायाले प्रशिक्षण केन्द्रका लागि जुम्ला बजारनजिक रहेको ‘राजा सिम’ चौरलाई प्रस्ताव गरेका थिए । तर, केन्द्र तथा प्रदेश सरकारले पेरे चौरलाई मुख्य प्राथमिकतामा राखेको उनको भनाइ छ । 

“मैले राजा सिमलाई प्रशिक्षण केन्द्रका रुपमा प्रस्ताव गरेको थिएँ । जसले गर्दा कर्णाली प्रदेशका धेरै खेलाडीले लाभ उठाउन सक्थे । केन्द्र र प्रदेश सरकारले पेरे चौरलाई मुख्य प्राथमिकतामा राखेका छन् । कार्यक्रम सुरु भयो भन्दै १३ लाख रुपैयाँ छुट्याएको सुन्‍नमा आएको छ । नत हालसम्म निरिक्षण या अध्ययन छलफल भएको छैन,” रोकायाले भने । 

कर्णाली प्रदेशबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भएका छन् । कीर्तिमानी धावक रोकायाले पनि हाई-अल्टिच्युडमै प्रशिक्षण गरेका थिए । सुनमाया बुढा, दुर्गा बुढा, रेजिना, राजन रोकाया, पूर्ण लक्ष्मीजस्ता खेलाडीले कर्णाली प्रदेशको जुम्लामा प्रशिक्षण गरेका हुन् ।

यीमध्येबाट धेरै खेलाडीले अन्तर्राष्ट्रिय यात्रा गर्दै पदकसमेत भित्र्याइसकेका छन् । जुम्लामै उच्च पर्वतीय प्रशिक्षण केन्द्र बन्दा उपयुक्त स्थान हुने भएकाले निर्माण कार्यलाई छिटो सुरु रोकायाले आग्रहसमेत गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ६, २०७७  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro