site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राप्रपा एकता विवाद : अद्यावधिक गर्ने कि नयाँ दर्ता ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच घोषणा भइसकेको एकता प्रक्रिया उल्झनमा परेको छ । निर्वाचन आयोगले राप्रपा र राप्रपा संयुक्त दुवै दललाई साउन १८ गते आवश्यक कागजात उपलब्ध गराइदिन भन्दै पत्र पठाइसकेको छ । तर, करिब दुई साता हुनै लाग्दा पनि राप्रपा र राप्रपा (संयुक्त) ले कागजात निर्वाचन आयोगमा पठाएका छैनन् । 

गत फागुन २७ गते दुवै पार्टीको केन्द्रीय कार्यसमिति बैठकले एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी राख्‍ने गरी एकीकरण गर्न सहमत भएको निर्णय गरेका थिए । आयोगले ‘दल एकीकरण प्रक्रिया अगाडि बढाउन राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १० तथा नियमावली, ७४ को नियम ८ को उपनियम(१) बमोजिमका कागजातहरु’ पठाइदिन पत्र पठाए पनि 'दुई दल'बीच कुरा नमिल्दा एकता प्रक्रिया अघि बढ्न सकेको छैन । 

राप्रपा अद्यावधिक गर्ने कि नयाँ दर्ता !
कमल थापा अध्यक्ष रहेको राप्रपा र प्रकाशचन्द्र लोहनी, पशुपतिशमशेर राणा संयुक्त अध्यक्ष रहेको राप्रपा (संयुक्त) बीच एकताको आधारपत्र तयार गर्दै एकता घोषणा गरिएको थियो । अहिले राप्रपा एकतामा देखिएको विवाद भने निर्वाचन आयोगमा राप्रपा पुन: दर्ता गर्ने कि अहिले आयोगमा दर्ता भएको राप्रपा नै अद्यावधिक गर्ने भन्‍ने हो । राप्रपा (संयुक्त) दुई पार्टी एकीकरण भएकाले राप्रपा नयाँ दर्ता गर्नुपर्ने पक्षमा छ । तर, राप्रपा भने सोही नाममा पार्टी दर्ता नै रहेकाले विधान संशोधन गर्दै नयाँ कार्यसमिति बनाएर आयोगमा संशोधित बुझाउनुपर्ने अडानमा छ । 

Prabhu Bank
Agni Group
NIC Asia

“दुईवटा पार्टी एकीकरण भएपछि निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्नुपर्छ भन्ने हाम्रो कुरा हो,” राप्रपा (संयुक्त) का केन्द्रीय सदस्य जनकराज पाठकले भने, “राप्रपा अद्यावधिक गर्ने भन्ने पक्षमा छ । त्यो भनेको राप्रपा संयुक्तका मानिसहरुलाई मनोनयन गरेर सूची निर्वाचन आयोगमा पठाइदिने हो । हामी राप्रपामा प्रवेश गरेको वा विलय गरेको होइन, पार्टी एकीकरण गरेको हो । त्यसैले नयाँ दर्ता हुनुपर्छ भन्‍ने हाम्रो कुरा हो ।” 

अद्यावधिक मात्र गर्दा राप्रपामा विलय भएको सन्देश जाने भन्दै दुवैको अस्तित्व कायम राख्‍न नयाँ दर्ता गर्नुपर्ने संयुक्तको अडान छ । 

Global Ime bank

राप्रपाले भने विधान संशोधन गरेर एक अध्यक्षको ठाउँमा तीन अध्यक्ष राख्‍ने, कार्यसम्पादन समिति ८२ सदस्य र केन्द्रीय समिति १६५ को ठाउँमा ३७० बनाउने गरी विधान संशोधन गरेर एकीकरण टुंग्याउने प्रस्ताव गरेको छ । 

“संशोधित विधान लगेर निर्वाचन आयोगमा बुझाइदिउँ । राप्रपा अहिले नै दर्ता छ भन्‍ने हाम्रो कुरा हो, ” राप्रपा नेता मोहन श्रेष्ठले भने,  “असमझदारी होस् र पार्टी एकता नहोस् भन्नेहरु पनि हुनसक्छन् । अहिलेको सबैभन्दा ठूलो आवश्यकता पार्टी एकता बचाउने हो । कुनै पनि हालतमा एकता टुट्दैन । अहिले देखिएको केही अन्योलता चाँडै अन्त्य हुन्छ ।”

राप्रपाको विधानलाई नै अन्तरिम विधानका रुपमा स्वीकार्ने दुई दलबीच सहमति भइसकेको छ ।  नयाँ दल दर्ता गर्दा अहिले आयोगमा रहेको राप्रपाको विधानबाट संवैधानिक राजतन्त्र र हिन्दुराष्ट्र हट्ने भन्दै सोही दललाई अगाडि बढाउँ भन्‍ने प्रस्ताव राप्रपाले गर्दै आएको छ । तर, राप्रपा संयुक्तले भने राप्रपाको आयोगमा दर्ता विधानमा संविधान प्रतिकूल रहेको भन्दै संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको व्यवस्था आयोगले पहिले नै हटाइ दिइसकेको बताएको छ । त्यसपछि राप्रपाले आयोगमा दिएको निवेदन स्थानीय निर्वाचनमा आयोग व्यस्त रहनुपरेकाले हालसम्म स्थगनमा राखिदिएको पाठकले बताए । 

तर, आफूहरुको एजेन्डा पनि संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नै भएको पनि उनले बताए । राप्रपाले एकीकरण होइन राप्रपा (संयुक्त) लाई विलय गराउन खोजेकाले कुरा नमिलेको राप्रपा संयुक्तको निष्कर्ष छ । 

चुनाव चिह्‍न हलो कि गाई भन्‍नेमा पनि विवाद थियो । चुनाव चिह्‍न हलोमा करिब-करिब सहमति भएको पाठकले बताए । अहिलेकै राप्रपालाई मानेर जाँदा चुनाव चिह्‍न गाई छाड्न राप्रपा तयार देखिए पनि नयाँ दर्ता गर्ने राप्रपा संयुक्तको प्रस्तावले राप्रपा झस्किएको छ । 

अध्यक्षबीच सहमति गर्ने सहमति
राप्रपा अध्यक्ष थापा र राप्रपा संयुक्तका अध्यक्षद्वय राणा र लोहनीबीच छलफल भएको छ ।  पार्टी एकीकरणमा परेको गाँठो  फुकाउने विषयमा राणा निवासमा बुधबार अध्यक्षहरुबीच छलफल भए पनि कुनै निष्कर्ष भने निस्किएन । 

अध्यक्षहरुबीचको छलफलमा छिटै सहमतिमा पुग्‍ने सहमति मात्र भएको छ । “पार्टी एकतालाई चाँडोभन्दा चाँडो तार्किक निष्कर्षमा पुर्‍याउन हामी सहमत भएका छौं,” छलफलपछि अध्यक्ष लोहनीले भने ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज १, २०७७  १०:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !