site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
बजार खुलेसँगै व्यापारीका नेता अनुगमनमा, बढ्यो चहलपहल
Sarbottam CementSarbottam Cement

दाङ । व्यापारिक नेताहरुकै आग्रहमा बजार खुला भएपछि उनीहरु स्वयं बजार अनुगमनमा पुगेका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले व्यावसायिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा मापदण्ड पूरा भए/नभएको बारेमा अनुगमन गरेको हो । 

सोमबारदेखि बजारमा पुगेर मापदण्ड पूरा गरे/नगरेको बारेमा जानकारी लिन थालिएको हो । निषेधाज्ञा खुलेपछि व्यापारमा भिड बढेपछि मापदण्ड पुगे/नपुगेको अनुगमन गरिएको अनुगमन समिति संयोजक टंकसिंह बुढाथोकीले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

अनुगमनका क्रममा व्यवसायीहरुले स्वास्थ्य मापदण्ड पूरा गरेको बुढाथोकी बताउँछन् । ‘‘अनुगमनका क्रममा नागरिकहरु सचेत रहेको पाएका छौं,’’ उनले भने । केही स्थानमा व्यक्ति-व्यक्तिबीचको दूरी कायम नराखेको पाइएको उनले बताए । 

उनका अनुसार दूरी कायम नभएका स्थानमा सेवाग्राहीलाई सचेत गराइएको छ । व्यवसायीहरुलाई व्यवसाय गर्दा अपनाउनुपर्ने अन्य सजगताबारे पनि जानकारी गराइएको थियो भने सचेतनामूलक सन्देश लेखिएका स्टिकर पनि टाँसिएको थियो ।

Global Ime bank

बजार खुलेसगै बढ्यो चहल-पहल
सोमबारदेखि निषेधाज्ञा खुकुलो भएसँगै बजारमा चहल-पहल बढेको छ । जिल्ला प्रशासन कार्यालय दाङले निषेधाज्ञा खुकुलो गराएसँगै बिहान ६ देखि साँझ ७ बजेसम्म व्यवसाय सञ्चालन भएका छन् । जिल्लाभित्र निजी तथा सार्वजनिक सवारीका साधनहरु जोर-बिजोरका आधारमा सञ्चालन भएका छन् ।

लामो समयदेखि बन्द रहेका व्यवसायहरु सञ्चालनमा आएपछि व्यवसायमा सुधार आउने अपेक्षा व्यवासायीहरुले गरेका छन् । उनीहरुले निषेधाज्ञा अन्त्य गर्न आग्रह गरेका छन् । सवारीसाधन तथा बजार खुलेपछि नागरिकले केही सहजता महसुस गरेका छन् । लामो समयको निषेधाज्ञाले नागरिकहरुमा रोगको भन्दा पनि भोकको समस्या थियो । निषेधाज्ञा खुकुलो भएसँगै नागरिकहरु काम गरेर खान पाइने अपेक्षामा छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ ३१, २०७७  १३:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement