site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
घोराही उपमहानगरपालिकाका ६ कर्मचारीसहित २३ जनामा कोरोना

दाङ । घोराही उप-महानगरपालिकामा कार्यरत ६ कर्मचारीसहित थप २३ जनामा कोरोना संक्रमण देखिएको छ ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलबार गरिएको कोरोना परीक्षणका क्रममा थप २३ जनामा कोरोना पुष्टि भएको हो । संक्रमितमध्ये घोराही उप-महानगरपालिकाको स्वास्थ्य, भौतिक पूर्वाधार, सञ्चार शाखालगायत कार्यरत कर्मचारीसहित एकजना कार्यालय सहयोगी गरी ६ जनामा कोरोना संक्रमण देखिएको घोराही उप-महानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तीले जानकारी दिएका छन् ।

Argakhachi Cement Island Ad

उनका अनुसार अन्य व्यक्तिहरुमा कन्ट्राक्ट ट्रेसिङका आधारमा स्वाब परीक्षण संक्रमण देखिएको उनले बताए । घोराही उप-महानगरपालिकाका विभिन्‍न स्थान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिबर क्लिनिकबाट स्वाब संकलन गरिएका ९५ जनाको स्वाब परीक्षणका क्रममा ११ पुरुष र १२ महिलामा संक्रमण देखिएको हो ।

संक्रमितहरुमध्ये दुई बालबालिकासमेत छन् । योसँगै घोराही उप-महानगरपालिकामा कोरोना संक्रमितको संख्या ३८८ पुगेको छ । दाङमा कोरोना संक्रमितको संख्या ९४२ जना पुगेको छ । घोराही उपमहानगरपालिकाका ३८८ संक्रमितमध्ये २७७ जना उपचारपछि घर फर्किइसकेका छन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ ३०, २०७७  १६:३८
प्रतिक्रिया दिनुहोस्