site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कोरोना महामारीपछि विदेशबाट ६१ हजार नेपाली फर्किए 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । कोरोना भाइरसको महामारीपछि गत जेठबाट सरकारले विदेशमा समस्यामा परेका नेपालीको उद्धार गरिरहेको छ । अहिलेसम्म विभिन्‍न चार्टर्ड उडानमार्फत ३० देशबाट ६१ हजार ७१० नेपाली स्वदेश आइपुगेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले जनाएको छ ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय उडान बन्द भएपछि विदेशमा समस्यामा परेका श्रमिकको उद्धारका लागि ३९६ वटा उडानबाट उनीहरू नेपाल फर्किएका हुन् । कोरोना कहामारी पछि भएको ३९६ मध्य २७ वडा उडान भने नियमित उडान भएको केन्द्रले जनाएको छ ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

स्वदेश फर्किएकामध्ये ४४ हजार ४८१ जना आफ्नो प्रदेश गएका छन् भने चार हजार ७०४ जना होटेल क्‍वारेन्टिनमा छन् । यस्तै ६ हजार ६९६८ जना होम क्‍वारेन्टिनमा, ४ हजार ८६४ जना लोकल क्‍वारेन्टिनमा र ६३ जना अस्पतालमा रहेको केन्द्रले जनाएको छ ।

 कुन प्रदेशका कति जना फर्किए ?
विदेशबाट फर्किनेमा सबैभन्दा धेरै वाग्मती प्रदेशका छन् । वागमती प्रदेशमा मात्रै १६ हजार ८५१ जना नेपाली फर्किएका छन् । यस्तै सबैभन्दा कम वैदेशिक रोजगारीबाट फर्किनेमा प्रदेश कर्णाली प्रदेश हो । कर्णालीमा एक हजार ३८२ जना नेपाली फर्किएका छन् भने सुदूरपश्चिमका एक हजार ५७१ नेपाली फर्किएका छन् ।

Royal Enfield Island Ad

यस्तै प्रदेश ५ मा दश हजार २९७ जना, गण्डकीमा ८ हजार ८०८२ जना, प्रदेश २ मा १० हजार ५०० जना र प्रदेश १ मा १३ हजार २७ जना स्वदेश फर्किएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १५:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro