site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ऋणको बोझ : जसकारण सुदीपले आफूसहित पूरै परिवारलाई एकै चिहान बनाए
Sarbottam CementSarbottam Cement

काठमाडौं । भक्तपुरमा एकै परिवारका तीनजना घरभित्रै मृत फेला परेको प्रकरणमा ऋणको बोझ र पारिवारिक तनाव मुख्य कारण रहेको प्रहरीले निष्कर्ष निकालेको छ । घटनास्थल र घटनाको प्रकृतिको अनुसन्धानपछि प्रहरीले यस्तो निष्कर्ष निकालेको हो ।

शुक्रबार साँझ मध्यपुर थिमी नगरपालिका ९, निकोसेरास्थित घरमा ३६ वर्षीय सुदीप अधिकारी, उनकी ३४ वर्षीया पत्नी सुशीला र १७ वर्षीया छोरा सुशान्त मृत फेला परेका थिए । पछिल्लो दुई वर्षयता सुदीप बेरोजगार थिए ।

अनुसन्धानमा संग्लन एक अधिकारीका अनुसार एक फ्ल्याटमा छोरा, अर्कोमा आमा र भान्सामा सुदीप मृत भेटिएका थिए । उनीहरुसँगै कुकुर पनि मृत फेला परेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापा भन्छन्, “छोरा र श्रीमतीको शव कुहिएको थियो । उनीहरुको मृत्यु ४/५ दिनअघि भएको देखिन्छ भने सुदीपको शव सामान्य थियो । पोस्टमार्टम रिपोर्टमा श्रीमती र छोराको टाउको धारिलो हतियार प्रयोग गरेको पाइएको छ । छोराको घाँटीसमेत रेटेको पाइएको छ ।”

घटनास्थलमा उनीहरुकै घरमा रहेको धारिलो हतियारसमेत बरामद भएको थियो ।

Global Ime bank

एसएसपी थापाका अनुसार सुदीपले एक वर्षअघि घर धितोमा राखेर कृषि विकास बैंकबाट २३ लाख ८५ हजार र २ महिनाअघि ससुरालीबाट दुई लाख रुपैयाँ ऋण लिएको देखिएको छ । प्रहरीलाई छिमेकीले दिएको जानकारीअनुसार बैंकको ऋणका कारण उनीहरुको घरमा तनाव थियो । छोरा सुशान्तको पढाइसमेत राम्रो भएकाले उनले उच्च शिक्षामा राम्रै विषय अध्ययन गर्ने बताउँदै आएका थिए ।

ऋणकै कारण सुदीपले मदिरा सेवन गर्दै आएका थिए । उनीहरुले आफ्नै घरको सटरमा किराना पसलसमेत राखेका थिए ।

सुदीपले सुतेकै अवस्थामा पहिले श्रीमती र छोराको हत्या गरेर त्यसको केही दिनपछि आफूले विष सेवन गरेर आत्महत्या प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घरनजिकै सेल्फास नामक विषादीको सिसी भेटिएको छ भने कचौरामा विष घोलेको समेत पाइएको छ ।

एसएसपी थापाले भने, “घटनामा अरुको संग्लनताको सम्भावना कम छ । किनभने घरका सामानहरु जस्ताको त्यस्तै छन् । त्यसमाथि श्रीमती र छोरा ओछ्यानमै मृत भेटिए । अरुको संग्नता हुन्थ्यो भने सुदीपको हत्या पनि उस्तै प्रकृतिको हुन्थ्यो ।”

शुक्रबार घरमा सुदीपका भाइबुहारी मासु ल्याएर त्यहाँ पुगेका थिए । त्यहाँ पुग्दा उनीहरुले सुरुमा घरका मान्छेलाई आवाज दिए । तर भित्रबाट कसैले प्रतिक्रिया नदिएपछि ढोका घचेट्दा खुलेको थियो । त्यसपछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीका अनुसार सुदीपले हत्यापछि श्रीमतीलाई सेतो कात्रो र छोरालाई पहेलो वस्‍त्र ओढाएका थिए । छोरा र श्रीमतीको हत्यापछि प्रायश्चित गर्दै आफूले समेत आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

त्यसअघि सुदीप २१ गते छोरासहित श्राद्ध खान ससुराली गएका थिए । २१ गते साँझ उनी फर्किएका थिए भने छोरा मामाघरमै बसे । २२ गते उनी छोरालाई लिन गए । छिमेकीका अनुसार २३ गते सुदीपको पसल खुला थियो भने पसलमा उनी एक्लै थिए । तर २४ गते पसल खुलेन । त्यसैले सुदीपले २४ गते राति छोरा र श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरी अनुमान छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  १०:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय