site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 दाङमा थप ४ जनामा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा शुक्रबार थप ४ जनामा कोरोना संक्रमण देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको स्वाब परिक्षणमा घोराहीका ३ जना र दंगीशरण गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । संक्रमित हुनेमा जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्बर १५ का ४० वर्षीय, वडा नम्बर १७ का २० वर्षीय र वडा नम्बर १८ का ६८ वर्षीय पुरूषमा कोरोना देखिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, दंगीशरण गाउँपालिका वडा नम्बर ५ का ३२ वर्षीय पुरूषमा पनि कोरोना पुष्टि भएको छ । दाङमा शुक्रबार थप ४ जनामा कोरोना देखिएसँगै जिल्लामा अहिलेसम्म ८५१ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ७३९ जना उपचारपछि निको भइ डिस्चार्ज भइसकेका छन् । अब ११० जनाको विभिन्‍न आइसोलेसन र होम आइसोलेसनमा उपचार भइरहेको छ ।

जस अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा २२ जना, देउखुरीस्थित कोरोना आइसोलेसन सेन्टर मौरीघाटमा १४ जना, पद्योदय आइसोलेसनमा ३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना, जिल्ला बाहिरका आइसोलेसनमा १२ जना र सबै भन्दा बढी होम आइसोलेसनमा ६७ जना उपचाररत छन् । जिल्लामा सबैभन्दा बढी प्रभावित घोराही उपमहानगरका नागरिक भएका छन् ।

Global Ime bank

अहिलेसम्म घोराहीमा ३४६ जना कोरोना संक्रमित भएकोमा २८४ जना निको भइसकेका छन् भने ६० जना अझै संक्रमित रहेका छन् । यस्तै, दंगीशरणका २ जना, शान्तिनगरका ३ जना, तुलसीपुरका ३२ जना, लमहीका १ जना, राप्ती गाउँपालिकाका ७ जना, गढवाका ३ जना र राजपुरका २ जना गरी ११० जना सक्रिय संक्रमित रहेका छन् । हाल जिल्लाको बबइ गाउँपालिका र दंगीशरण गाउँपालिका कोरोना मुक्त बनेका छन् ।

समुदायस्तरमा कोरोना फैलिएपछि जिल्लामा भदौ १ गतेबाटै स्वरूप परिवर्तन गर्दै निषेधाज्ञा लगाइएको छ । निषेधाज्ञा जारी गरेर कोरोना परीक्षणको दायरा बढाउने भनिएकोमा यस बीचमा करिब १८ सय स्वाब संकलन भइ अधिकांश परीक्षण भइसकेको छ । हिजोमात्रै जिल्लाको शान्तिनगरबाट ९३ जना, तुलसीपुरबाट ८९ जना र घोराहीबाट ७३ जना गरी कुल २५५ जनाको स्वाब संकलन गरी परिक्षणका लागि प्रयोगशालामा पठाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC