site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
राणा, पञ्‍चायत र राजासँग लड्यौं, अब कम्युनिस्टसँग लड्छौं : देउवा 

फाइल तस्बिर ।


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार कोरोना भाइरसको नाममा भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् । प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा बुधबार आयोजित ‘बीपीको विचार नेपालको समुन्‍नतिको मुल बाटो’ विषयक ‘भर्चुअल’ विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सरकार कोरोनाको नाममा भ्रष्टाचार गरिरहेको आरोप लगाएका हुन् ।

“यो सरकारले कोरोना रोकथामका लागि कुनै कामै गर्न सकेको छैन,” सभापति देउवाले भने, “कोरोनाको नाममा पैसा उठाउने, पैसा कमाउने, भ्रष्टाचार गर्नुबाहेक केही काम गर्न सकेको छैन । कोरोना डर लाग्दो अवस्थामा पुगेको छ ।” उनले कोरोनाबाट बच्‍न जनतालाई आफै सजगता अपनाउन पनि आग्रह गरे ।

सभापति देउवाले केपी ओली नेतृत्वको सरकारबाट प्रजातन्त्रमाथि खतरा रहेको बताए । “प्रजातन्त्रमाथि धेरै ठूलो खतरा छ । यिनीहरुले प्रजातन्त्रका अधिकारहरु विस्तारविस्तारै खोस्‍न खोजिरहेका छन् । प्रेस स्वतन्त्रता खोस्‍न खोजिरहेका छन्, टेलिफोन ट्यापिङ गर्न खोजिरहेका छन्,” उनले भने, “कुनै पनि हालतमा यस्ता अप्रजातान्त्रिक कुराहरु स्वीकार्य हुन सक्दैनन् । आन्दोलन गर्नुपर्ने बेला आउन सक्छ । हामी त आन्दोलन गर्ने पक्षमा थियौं । तर, कोरोनाले गर्न सकिएन ।”

सभापति देउवाले प्रजातन्त्रका लागि राणा, पञ्चायत र राजा ज्ञानेन्द्रसँग लडेको स्मरण गर्दै अब कम्युनिस्टसँग लड्नुपर्ने अवस्था आउने बताए । “अहिले कोरोनाका कारण आन्दोलन गर्न नसकिए पनि भोलिका दिन कुनै पनि बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्छ । सबै तयार हुनुपर्छ, हामी तयार हुनुपर्छ,” उनले भने ।

सभापति देउवाले कोरोना महामारीका कारण आशन्‍न महाधिवेशन पूर्वनिर्धारित समयमा आयोजना गर्न समस्या देखिए पनि महाधिवेशनका बारेमा पार्टीभित्र छलफल गरेर अगाडि बढ्ने बताए । “अधिवेशन हुनुहुन्‍न भनेर म कहाँ भन्छु । कोरोनाका कारण हुन सकेन भने मैले के गर्न सक्छु र ? त्यस कारण सबै साथीहरुले साथीहरुले जे भन्नुहुन्छ म तयार छु, गर्नुपर्ने भए कहिले गर्ने, सार्नु पर्ने भए कहिले सार्ने,” उनले भने, “नेपालको संविधानले दिएभन्दा बढी त बढाउनै पाउँदैन, त्यो कुरा त मलाई पनि थाहा छ नि । त्यस कारण कसैले भन्‍नै पर्दैन ।

सभापति देउवाले पार्टीमा देखिएको विवादतर्फ इंगित गर्दै पार्टीभित्रको झगडा पुरानै भएको बताए । “पार्टीको झगडा पहिलेदेखिकै हो । सत्यलाई लुकाउने कुरै छैन । गणेशमानजीले पार्टी छोड्नुभएकै हो, भट्टराईजीले पार्टी छोड्नु भएकै हो,” उनले भने, “तर, म कसैले पनि पार्टी छोड्न नपरोस् भनेर लागेको छु, सबै साथीहरुले एक हुन जरुरी छ ।”

वरिष्ठ नेता रामचन्द्र पौडेलले समयमै महाधिवेशनका लागि तयारी नगरेका कारण अहिलेको अवस्था सिर्जना भएको दाबी गरे । उनले आफूले महाधिवेशनका लागि प्रस्तुत गरेको खाका स्मरण गराउँदै आफूले पेस गरेको खाका अनुसार कार्यतालिका बनाएर अघि बढेको भए अहिलेको अवस्था नै नआउने जिकिर गरे ।

“मैले महासमिति बैठकमा लिखित रुपमा ‘सुनौलो भविष्यका लागि समयवद्ध काम गरौं’ भनेकै हो । समयमै काम गरेको भए अहिले रुवाबासी हुँदैनथ्यो । समयवद्ध रुपमा काम गरौं भन्दा साथीहरुले यसलाई महाधिवेशनका लागि हतार भयो भनेर व्यंग गर्नुभयो, तर मलाई हतार भएको थिएन,” नेता पौडेलले भने ।

सभापति देउवाले सहज वातावरण भएका बेला असहज वातावरण भनेर कार्यकाल लम्ब्याएको टिप्पणी गर्दै प्रश्न गरे, “अहिले असाधारण परिस्थिति आयो, अब कता लाने हो ? हाम्रो विधानले एक वर्षभन्दा बढी थप्ने ठाउँ छैन । अब के गर्ने ? पार्टीमाथि संकट आयो कि आएन ?”


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  १७:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro