एजेन्सी । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत समूह चरणको दोस्रो खेलमा फ्रान्सले पुनरागमन जित निकालेको छ । मंगलबार राति भएको खेलमा फ्रान्सले क्रोएसियामाथि ४–२ गोलको पुनरागमन जित निकाल्न सफल भएको हो ।
घरेलु मैदानमा भएको खेलमा फ्रान्सलाई जित दिलाउन एन्टोनी ग्रिजम्यान, डेयोटले र ओलिभर जिरुडले एक–एक गोल गरे । एक गोल फ्रान्सले आत्मघाती उपहार पाएको थियो । उता क्रोएसियाका लागि डजान लोरेन र जोसिप ब्रेकालोले एक–एक गोल गरे ।
खेकलो १६ औँ मिनेटमा डेजानले गोल गर्दै क्रोएसियाका लागि अग्रता दिलाएका थिए । ४३ औँ मिनेटमा फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयमा डोमिनिक लिभाकोसिभले आत्मघाती गोल गर्दा फ्रान्सले २–१ गोलको अग्रता बनाए ।
पहिलो हाफमा दुई गोल गरेको फ्रान्सले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भएको थियो । खेलको ६५ औँ मिनेटमा फ्रान्सका लागि डेयोटले गोल गर्दै फ्रान्सलाई ३–२ गोलको अग्रता दिलाए । ७७ मिनेटमा जिरुडले गोल गर्दै फ्रान्सलाई ४–२ गोलको जित दिलाए ।
जितसँगै समूह सीको फ्रान्सले दुई खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा आफूलाई स्थापित गरेको छ । समान अंक भएको पोर्चुगल शीर्ष स्थानमा छ । पराजित क्रोएसिया चौथो स्थानमा छ ।