site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
दाङमा ३ जनामा कोरोना संक्रमण   
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा मंगलबार थप ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा गरिएको ७७ जनाको स्वाब परीक्षणमा २ जना पुरुष र १ महिलामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए ।

संक्रमित हुनेमा जिल्लाको गढवा गाउँपालिकाका ५० वर्षीय १ पुरूष र ५६ वर्षीया महिला रहेका छन् भने शान्तिनगर गाउँपालिकाका २६ वर्षीय १ जना पुरूष छन् । गढवाबाट संकलित २८ जनाको स्वाब परीक्षण गर्दा २६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । यस्तै, शान्तिनगर गाउँपालिकाबाट संकलित ५२ जनाको स्वाब परीक्षण गर्दा ५१ जनाको रिपोर्ट पनि नेगेटिभ आएको स्वास्थ्य कार्यालय दाङका कोभिड-१९ फोकल पर्सन चन्दले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

दाङमा मंगलबार थप ३ जनामा कोरोना देखिएसँगै जिल्लामा अहिलेसम्म ८४३ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ७२७ जना उपचारपछि निको भई डिस्चार्ज भइसकेका छन् अब ११३ जनाको विभिन्‍न आइसोलेसन र होम आइसोलेसनमा उपचार भइरहेको छ ।

जस अनुसार कोरोना विशेष अस्पताल बेलझुण्डीमा २४ जना, देउखुरीस्थित कोरोना आइसोलेसन सेन्टर मौरीघाटमा १४ जना, पद्‌मोदय आइसोलेसनमा ३ जना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १ जना, जिल्ला बाहिरका आइसोलेसनमा १२ जना र सबैभन्दा बढी होम आइसोलेसनमा ६३ जना उपचाररत छन् । जिल्लामा सबैभन्दा बढी प्रभावित घोराही उपमहानगरका नागरिक भएका छन् ।

Global Ime bank

अहिलेसम्म घोराहीमा ३३९ जना कोरोना संक्रमित भएकोमा २७५ जना निको भइसकेका छन् भने ६२ जना अझै संक्रमित रहेका छन् । यस्तै, दंगीशरणका १ जना, शान्तिनगरका ४ जना, तुलसीपुरका ३४ जना, लमहीका १ जना, राप्ती गाउँपालिकाका ७ जना, गढवाका ३ जना र राजपुरका २ जना गरी ११३ जना आइसोलेसनमा रहेका छन् ।

यसैबीच, समुदायस्तरमा फैलिएको कोरोना नियन्त्रणका लागि जिल्लामा लागु गरिएको निषेधाज्ञासँगै परीक्षणको दायरा बढाइएको बताइएको छ । बिगत एक सातामा जिल्लाभर साढे १५ सय स्वाब संकलन भएको छ । तीमध्ये १४ सय बढीको परिक्षण रिपोर्ट आउँदा करिब ५ प्रतिशतमा कोरोना देखिएको छ । यद्यपि, कोरोना पुष्टि हुनेमा ५० प्रतिशत बढी समुदायस्तरका रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २३, २०७७  १८:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC