site stats
बाह्रखरी :: Baahrakhari
देश
  एक जलाशयमा डुबेका युवकको शव फेला

दाङ । दाङको एक कृतिम जलाशयमा डुबेर बेपत्ता भएका युवकको शव फेला परेको छ । जिल्लाको घोराही उपमहानगरपालिकाको भकारेस्थित अमारे तालमा डुबेर बेपत्ता भएका युवकको शव सोमबार दिउँसो फेला परेको हो ।

आइतबार दिउँसो पौने ३ बजेतिर नुहाउने क्रममा डुबेर बेपत्ता भएका सोही ठाउँका २२ वर्षीय गोपाल सुनारको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

Argakhachi Cement Island Ad

उनको शव सोमबार दिउँसो फेला परेको हो । हिजो अन्य चार जना साथीसँगै तालमा पौडि खेल्ने क्रममा सुनार डुबेर बेपत्ता भएका थिए । उनको शव जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी जवान प्रभु सुनारले फेला पारेका हुन् । 

प्रहरी जवान प्रभुले यसअघि घोराही उपमहानगरपालिका वडा नं १७ मा रहेको गुलरियाको जलाशयमा बेपत्ता भएका एक युवकको शब पनि फेला पारेका थिए ।

प्रकाशित मिति: सोमबार, भदौ २२, २०७७  १७:०५
प्रतिक्रिया दिनुहोस्