site stats
बाह्रखरी :: Baahrakhari
देश
 १६ केजी लागुऔषधसहित तीन जना पक्राउ
Argakhachi Cement Island Ad

दाङ  । रुकुम पश्‍चिम प्रहरीले १६ केजी अफिमसहित जाजरकोटका तीन जनालाई पक्राउ गरेको छ । जाजरकोट जिल्लाको नलगार्ड नगरपालिका वडा नं. ९ निवासी ३७ वर्षीय प्रेमबहादुर सिंह, ४० वर्षीय मानबहादुर सिंह र ३२ वर्षीय तपबहादुर सिंहलाई १६ किलो चरेशसहित शनिबार राति ९ बजेतिर पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्‍चिमबाट खटिएको साधा पोशाकको प्रहरी र कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले रुकुम पश्चिम जिल्लाको आठविसकोट नगरपालिका- ५ जलिडार्डबाट उनीहरुलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

गोप्य सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले बताएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध कारोबारी सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १९:५४
प्रतिक्रिया दिनुहोस्