site stats
बाह्रखरी :: Baahrakhari
देश
 दाङमा २ जना कोरोना संक्रमित थपिए

दाङ । दाङमा आइतबार थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा राप्ती गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

क्वारेन्टिनमा बस्दै आएका उनीहरुको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दाङका कोभिड १९ फोकल पर्सन कमल चन्दले जानकारी दिए । उनका अनुसार कोरोना संक्रमण पुष्टि हुनेमा राप्ती गाउँपालिका वडा नम्बर १ का ३९ वर्षीया महिला र १६ वर्षीय पुरुष रहेका छन् । अब राप्ती गाउँपाललिकामा सक्रिय संक्रमितको संख्या ७ पुगेको छ । 

Argakhachi Cement Island Ad

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८४० पुगेको छ भने ती मध्ये ७०६ जना उपचारपछि निको भइ डिस्चार्ज भइसकेका छन् । अब १३२ जनाको विभिन्न आइसोलेसनमा उपचार भइरहेको छ ।


यसैबीच, सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा मात्र ६६ जना रहेका छन् भने सबैभन्दा कम लमही नगरपालिकासँगै गढवा र दंगीशरण गाउँपालिकामा ११ जना रहेका छन् । 

यस्तै तुलसीपुर उपमहानगरपालिकामा ४१, शान्तिनगर गाउँपालिकामा १३, राप्ती गाउँपालिकामा ७ र राजपुर गाउँपालिकामा २ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङले जनाएको छ।
 

प्रकाशित मिति: आइतबार, भदौ २१, २०७७  १७:३६
प्रतिक्रिया दिनुहोस्