site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Nabil BankNabil Bank
चितवनमा भदौ ३१ सम्म निषेधाज्ञा थप, बिहान ७ बजेदेखि अपराह्‍न ४ बजेसम्म खुकुलो
Sarbottam CementSarbottam Cement

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले भदौ ३१ सम्मका लागि निषेधाज्ञा थप गरेको छ । प्रशासनले शुक्रबार एक सूचना जारी गर्दै बिहान ७ बजेदेखि ४ बजेसम्म बजार खोल्न सकिने बताएको छ । 

यसअघि बिहान ५ देखि ८ बजेसम्म र बेलुका ५ देखि दैनिक उपभोग्य सामानका पसलहरु खोल्दै आएकोमा यसलाई खुकुलो गरी परिमार्जन गरेको हो । शुक्रबार राति १२ बजेदेखि दोस्रो थप गरिएको लकडाउनको समय सकिँदैछ । 

बेलुका र बिहानको समयमा त्यस्ता पसल र अन्य सेवाहरु खोल्दा भिड थप बढेको भन्दै समय तालिका परिवर्तनका साथ खुला गरिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद सुवेदीले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

सुवेदीका अनुसार दैनिक उपभोग्य साथै अन्य व्यवसाय १० बजेदेखि सञ्‍चालन गर्न पाइनेछ । यो समयबाहेक अन्य समयमा अत्यावश्यक काम र सेवाबाहेकका गतिविधिलाई रोक लगाइएको छ । व्यवसाय सञ्‍चालन तथा सेवा दिँदा स्वास्थ्य सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न प्रशासनले अनुरोध गरेको छ । 

१० देखि ४ बजेसम्म के-के सञ्‍चालन गर्न पाइन्छ  ?

Global Ime bank

- किराना पसल, निर्माण सामग्रीसम्बन्धी व्यवसाय तथा ढुवानी, बिजुली तथा भाँडाका पसल, कपडा तथा फेन्सी पसल बिहान १० बजेदेखि अपराह्‍न ४ बजेसम्म
- कृषि उत्पादन तथा कृषि उत्पादन ढुवानीमा प्रयोग हुने सवारी साधन
- लामो तथा छोटो दूरीका मालबाहक सवारी साधन
- दमकल, एम्बुलेन्स, शव बहान, अन्तिम संस्कारका लागि प्रयोग हुने साधन, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्‍चारकर्मीले प्रयोग गर्ने सवारी साधन तरकारी फलफूल तथा दुध ढुवानीका सवारी साधन
- पेट्रोल पम्प, ग्यास डिपो औषधी पसल
- स्वास्थ्य संस्था र अत्यावश्यक सेवा प्रदान गर्ने सरकारी कार्यालयहरु
- परिवारका सदस्य मात्र सहभागी हुने गरी परम्परागत रुपमा गरिने नित्य पूजा

सो अवधिमा के सञ्‍चालन गर्न नपाइने ?

- किराना, निर्माण सामग्री सम्बन्धी व्यवसाय तथा ढुवानी, बिजुली तथा भाडाकुडा, कपडा तथा फेन्सी बाहेकका पसलहरु बन्द
- अत्यावश्यकबाहेकका सवारी साधन (दुई पाँग्रे र चार पाँग्रे) चलाउन नपाइने
- धार्मिक सांस्कृतिक र सामाजिक (विवाह,व्रतबन्ध) जस्ता जमघट हुने कार्यहरु
- मेला, महोत्सव, जात्रा, जुलुस जस्ता भिडभाड हुने क्षेत्र
- कन्ट्याक ट्रेसिङमा परेका र पीसीआर परीक्षणका लागि स्वाब दिएकाहरु रिपोर्ट नआउँदासम्म हिड्न नपाइने
- अनलाइन कक्षा सञ्‍चालन बाहेक शैक्षिक संघ संस्था
- सबै प्रकारका तालिम गोष्ठी, तालिम सेमिनार
- सिनेमा हल, स्विमिङ पुल, जीमखाना, फुटसल, सैलुन , समूहमा खेलिने सबै खेलहरु र खुला ठाउँ, फुटपाथ तथा ठेला रिक्सामा अन्य व्यापार गर्न पाइने छैन । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ १९, २०७७  १७:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !