site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा मलको हाहाकार भएपछि थप पाँच सय मेट्रिक टन माग 

तस्बिर : चितवनमा भदौ १७ गते मल लिनका लागि देखिएको किसानहरुको भिड । 


चितवन । चितवनमा युरिया मलको हाहाकार भएपछि सरकारी निकायको ध्यानाकर्षण भएको छ । जिल्ला मल आपूर्ति तथा वितरण व्यवस्थापन समिति चितवनको बुधबार बसेको बैठकले जिल्लामा थप मल आपूर्तिको लागि सरकारसँग पाँचसय मेट्रिक टन मलको माग गरेको हो । 

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईको संयोजकत्वमा बसेको बैठकले जिल्लामा थप ५ सय मेट्रिक टन मल माग गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख राजन ढकालले जानकारी दिए । उनका अनुसार अझै पनि चितवनमा एक साता मलको आवश्यकता उच्च रहने भन्दै जिल्लामा मलको आपुर्ति सहज बनाउन साल्ट ट्रेडिङ्, वीरगन्ज क्षेत्रीय कार्यालय र प्रदेश सरकारलाई पत्राचार गरिएको हो । 

"अन्य जिल्लाको तुलनामा चितवनमा कम मल आपुर्ति भएको छ," उनले भने, "धान गोडेपछि अन्तिम पटकको लागि थप ५ सय मेट्रिक टन माग गरेका हौं ।"

साल्ट्र ट्रेडिङ कर्पोरेशन, चितवन जिल्लाका लागि यसअघि पाएको कोटा अन्तर्गतको २ सय ५६ मेट्रिक टन मलले किसानको तत्कालको समस्या समाधान नहुने देखिएपछि थप मलको माग गर्ने निर्णय गरिएको साल्ट ट्रेडिङ् कर्पोरेशन, चितवनका प्रमुख बुद्धिविनोद दाहालले जानकारी दिए  । 

"माग अत्याधिक छ," उनले भने, "यो पटकको कोटा सकिसक्यो," दाहालले भने । 

बैठकमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, चितवन प्रहरी प्रमुख नान्तिराज गुरुङलगायतका सहभागिता थियो  । 

चितवनमा मलको वितरण प्रक्रियालाई व्यवस्थित बनाउन कृषि ज्ञान केन्द्रको सिफारिसका आधारमा मात्रै मल बिक्री  हुँदै आएको छ । ज्ञान केन्द्रको सिफारिसका आधारमा सहकारीहरुले मल लगेर कृषकलाई बिक्री गर्दै आएका छन् । 

साल्ट ट्रेडिङ कर्पोरेसन चितवनका अनुसार बिहीबार बिहानसम्म १० हजार ९ सय ७० बोरा मल आएको र त्यसमध्ये १० हजार ३ सय १२ बोरा बिक्री भइसकेको छ । 

चितवनमा ५ हजार ६६० बोरा युरिया, नवलपरासीमा ७९२ बोरा, गोरखामा ३ हजार ६० बोरा मल बिक्री गरिसकिएको छ । चितवन जिल्लामा २७ हजार ४४५ हेक्टरमा धानखेती हुँदै आएको तथ्यांक छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १९:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro