site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘दिउँसोसम्म त ठीकै थियो, राति आएको बाढीले बर्बादै पार्‍यो’
SkywellSkywell

काठमाडौं । ढोरपाटन नगरपालिका ९ मा पर्ने गाउँ- भुसुन्डे, दुनेपोखरा, लाकुरीबोटका सर्वसाधारणको दैनिकी हिजो (बुधबार) साँझसम्म सामान्य थियो । दलित र जनजाति समुदायको बाहुल्यता रहेका ती गाउँमा दिनभरको दैनिकी सकेर साँझपख सुतेका उनीहरुमध्ये कतिपयले बिहीबार (आज) को उज्यालो देख्‍न पाएनन् । मध्यरातमा आएको बाढी र पहिरोले उनीहरुको बस्ती बग्यो । बस्तीसँगै बगे उनीहरुका सपना ।

‘हामी भयौं बेघरबार, चरी लैजा समाचार’ यो गीत उनीहरुको जीवनसँग मेल खान्छ यतिबेला । भुजीखोला पहिरोले थुनिँदा बाढी आयो । सँगै भुसुन्डे, दुनेपोखरा, लाकुरीबोट एकाएक बगाएर लग्यो । गाउँ अहिले शोकमा छ । सर्वसाधारण बेघरबार भएका छन् । अहिलेसम्म सातजनाको मृत्यु भएको छ भने १३ जना बढी बेपत्ता भएका छन् । ज्यान गुमाउनेमा महिला बढी छन् ।

वडाध्यक्ष हरिबहादुर घर्ती मगर भन्छन्, “दिउँसो सबै ठीक थियो । राति आएको बाढी पहिरोले सबै बर्बाद पार्‍यो । तत्काल घरबारविहीन भएकालाई राहत, उद्धार र घर जोडिदिन केन्द्र र प्रदेश सरकारलाई हाम्रो आग्रह पुर्‍याइदिनुहोला ।” उनका अनुसार विस्थापित भएको गाउँ जोखिममा थिएन । तर नदी थुनिएर एकाएर ढुङ्‍गा माटोसहितको बाढीले गाउँ र स्थानीय बासिन्दाको जीवन सखाफ बनायो ।

KFC Island Ad
NIC Asia

उनले भने, “दिउँसो भए त ज्यान जोगिन्थ्यो होला । खाना खाएर सुतेका बेला परेछ । कसैले आफूलाई बचाउन सके कसैले सकेनन् ।” वडाध्यक्ष घर्तीका अनुसार कैयौं घर पूर्ण रुपमा विस्थापित भएका छन् । गाउँले र सुरक्षाकर्मी मिलेर बेपत्ताको खोजी गरिरहेका छन् ।

अहिले पनि ढोरपाटन नगरपालिकाको गादिखोला, सहीखोला, बुढाथोक, बुर्तिबाङ बजार, भीमगीठे बजारलगायत क्षेत्र जोखिममा छन् ।

Royal Enfield Island Ad

प्रहरीका अनुसार बेपत्ता हुनेमा ढोरपाटन नगरपालिका ९ की ३५ वर्षीया कौशला पुन, उनकै ६ वर्षीय छोरा हिक्मत पुन, सोही वडाका ३५ वर्षीय जितबहादुर घर्ती, ४० वर्षीय राजु घर्ती, ३० वर्षीया कुमारी विक, १९ वर्षीया पुतली विक छन् । 

यस्तै ३२ वर्षीया कर्मती घर्तीमगर, ३५ वर्षीया रिना घर्ती मगर, ३५ वर्षीया दिलमाया घर्ती मगर, उनकै ६ वर्षीया छोरा, ५५ वर्षीया डोटी पुन, ५२ वर्षीय टुलमती पुन र गलकोट नगरपालिका घर भई ढोटपाटन क्षेत्र घुम्‍न गएका २४ वर्षीय नवीन भण्डारी छन् । भण्डारीसँगै गएका अन्य २ जनाको मोटरसाइकलसमेत भुजीखोलाले बगाएको छ । पहिरोमा परि चारजना घाइतेसमेत भएका छन् ।

तस्बिर सौजन्य : कल्पना सिउथानी मगर

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १८, २०७७  १०:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro