site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 दाङमा घरबाहिर निस्किनेलाई कारबाही, ९७ सवारीसाधन नियन्त्रण
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै जान थालेपछि एक हप्ताको लागि घोषणा गरिएको लकडाउनको मंगलबार दोस्रो दिन लकडाउनलाई कडाइ गरिएको छ । 

लकडाउनको उल्लंघन गरेर बाहिर निस्कनेहरुलाई प्रहरीले होल्डमा राख्‍ने गरेको छ । बजारमा जथाभावी हिँड्ने सर्वसाधरणलाई समेत केही सयम होल्ड गरी नाम र ठेगाना लेखेर छोड्ने गरिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

स्थानय प्रशासनले गरेको यो दोस्रो लकडाउन हो । जिल्लामा सामुदायिकस्तरमै कोरोना भेटिएपछि झन कडा रुपमा लकडाउन गरिएको हो ।

मंगलबार मात्रै दाङमा १३ जना कोरोना संक्रमित थपिएका छन् । घोराहीको दामोदर चोकमा होल्डिङ जोन नै बनाएर जथाभावी हिँड्ने सर्वसाधारणलाई होल्डिङ जोनभित्र राखी कोरोनासम्बन्धी अनावश्यक कुरा सिकाइ छोडिदिने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङको सामुन्नेमा पनि लकडाउन उल्लङ्घन गर्नेलाई होल्डमा राखिएको छ ।

Global Ime bank

यस्तै दाङमा आइतबार रातिदेखि जारी भएको लकडाउनको समयमा अटेरी गरेर सञ्‍चालनमा आएका ९७ वटा सवारीसाधन नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार सोमबार मात्र लकडाउनको अवज्ञा गर्दै गुडिरहेका ९७ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो ।

लकडाउनको अवज्ञा गर्नेमा ट्रक, टिप्पर र मोटरसाइकल बढी छन् । जस अनुसार सोमबार कारबाही पर्नेमा सबैभन्दा धेरै ट्रक र टिप्पर गरी ७१ वटा कारबाहीमा परेका छन् भने २२ वटा मोटरसाइलक कारबाहीमा परेका छन् । 

लकडाउनको अवज्ञा गर्ने एउटा अटो पनि कारबाहीमा परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC