site stats
बाह्रखरी :: Baahrakhari
देश
कर्मचारीलाई कोरोना देखिएपछि दाङ जिल्ला प्रशासनमा अत्यावश्यबाहेकका सेवा बन्द

दाङ । कर्मचारीमा कोरोना भाइरसको संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालय दाङले अत्यावश्यकबाहेकका सेवा बन्द गरेको छ ।

प्रशासनले मंगलबार एक विज्ञप्ती जारी गर्दै एक जना कर्मचारीमा कोरोन संक्रमण देखिएको पुष्टि गरेको हो ।

Argakhachi Cement Island Ad

कर्मचारीलाई कोरोना देखिएपछि अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो । 

प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालद्वारा जारी विज्ञप्तीमा शान्ति सुरक्षा र मुद्दालगायतका अत्यावश्यक सेवाबाहेक अन्य सबै सेवा बन्द भएको जानकारी गराइएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ १६, २०७७  १५:४६
प्रतिक्रिया दिनुहोस्