site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
SkywellSkywell

काठमाडौं । पुरानो घर बाग्लुङ भएका नारायण रेग्मी कतार संकट सुरु हुनु एक महिनाअघि कामविशेषले नेपाल फर्केका थिए । केही दिन घरायसी काम सल्ट्याएर फेरि उतै फर्किने उनको योजना थियो ।

तर पछिल्लो दिनमा कतारमा संकट आएको थाहा पाएपछि नारायणले फेरि उता फर्किने वा नफर्किने निर्णय गर्न सकिरहेका छैनन् । कतारमा रहेका उनका साथीहरू पनि दोधारमा छन् । उनीहरूको आफ्नै भविष्यको टुंगो नभएकाले नारायणलाई फेरि कतार बोलाउन सकिरहेका छैनन् । पछिल्लो दिनमा कतार संकटका कारण नारायणजस्ता थुप्रै नेपालीहरू प्रत्यक्ष अप्रत्यक्ष रूपमा प्रभावित हुन थालेको देखिएको छ । 
खेतीयोग्य जमिन एकदमै कम भएको कतारसँग खाडीका छिमेकी सातवटा मुलुकले सम्बन्ध विच्छेद गरेपछि त्यहाँ मानवीय संकट उत्पन्न हुन सक्ने देखिएको छ । यद्यपि कतारले यो समस्याबाट पार पाउन भरमग्दुर प्रयास गरिरहेको छ । विशेषगरी इरान र टर्कीबाट आफ्नो देशलाई आवश्यक पर्ने सामग्रीहरू आपूर्ति गर्ने काम कतारमा सुरु भएको छ । 

KFC Island Ad
NIC Asia

साउदी अरबले सम्बन्धविच्छेद गरेको घोषणा गर्नेबित्तिकै दैनिक उपभोग्य वस्तुहरूका लागि साउदीको बजारमा पूर्णनिर्भर कतारमा हाहाकारको अवस्था सिर्जना हुने अनुमान गरिएको थियो । तर यो अवस्थामा क्रमशः सुधार आएको त्यहाँ रोजगारीका लागि पुगेका नेपालीहरू बताउँछन् । 
शनिबारमात्रै इरानको सरकारी विमान कम्पनी इरान एयरले आफ्नो देशबाट कतारका लागि पाँचवटा विमानमा खाद्यान्न भरेर पठाउन लागिएको जानकारी दिएको थियो । खाडीका छिमेकी मुलुकहरूले कतारसँग स्थल, जल र हवाई सम्पर्क विच्छेद गरेपछि अब कतार इरान र टर्कीमा आश्रित हुन पुगेको छ । गर्मीमा अत्यधिक गर्मी हुने र खाद्यान्नमा पूरै परनिर्भर रहेका कारण कतारमा बाहिरबाट नलग्ने हो भने हातमुख जोर्ने समस्या पैदा हुन्छ । 

इरान एयरका प्रवक्ता शाहरोख नुशराबादीले शनिबार भनेका थिए, ‘‘अहिलेसम्म काँचो खाद्य सामग्री जस्तै ः फल र तरकारीहरू लिएर पाँचवटा विमान कतार पठाइएका छन् ।’’ आइतबार इरानले छैटौं विमानसमेत कतार पठाएको समाचारमा उल्लेख छ । हरेक विमानमा ९० टन सामान राखिएको थियो । 

प्रवक्ताले भनेका छन्, ‘‘जहिलेसम्म माग रहन्छ, हामीले आपूर्ति गरिरहन्छौं ।’’ यद्यपि यो सामान इरानले मानवीय सहायताका रूपमा पठाएको हो या कतारले आयात गरेको हो भन्ने कुरा अझै स्पष्ट भएको छैन । तस्रिम समाचार समितिले स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै इरानी बन्दरगाहबाट ३५० टन खाद्यान्नसहित तीनवटा पानीजहाजहरू कतारतर्फ जान लागेको जनाएको छ । इरानको दय्यार बन्दरगाह कतारबाट सबैभन्दा नजिक पर्छ ।

तर इरान र टर्कीबाट ल्याउने भनिए पनि यो कुरा सजिलो चाहिँ छैन । साउदी अरबबाट ल्याउँदा कतारमा दैनिक उपभोग्य सामग्रीको भाउ केही सस्तो थियो तर अन्यत्रबाट ल्याउँदा भाउ महँगो हुन लागेको छ । यसले गर्दा त्यहाँ काम गर्न गएका नेपालीहरूले कमाएको पैसा उतै ठिक्क हुने अवस्था आउने जस्तो देखिन्छ । यसले त्यहाँ काम गर्ने नेपाली निरुत्साहित हुन सक्छन् । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ ३१, २०७४  ०१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro