site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
 दाङमा थप १२ जनामा कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

दाङ । दाङमा समुदायस्तरमा कोरोना संक्रमण पुष्टि हुने क्रम जारी छ ।

दाङमा सोमबार फेरि १२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणमा घोराही उपमहानगरपालिकाका ३ महिला र ९ जना पुरुषमा गरी १२ जनामा कोरोना पुष्टि भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार आज कोरोना पुष्टि हुनेमा घोराही १४ का ५९, ५२ र ६५ वर्षका पुरुष रहेका छन् । त्यस्तै १४ कै २२ र ४६ वर्षीया महिलामा पनि कोरोना देखिएको छ ।

त्यसैगरी वडा नम्बर १५ का ५०, ५६, ३०, २१ र ३३ वर्षका पुरुष र १५ वर्षीया महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

Global Ime bank

त्यसैगरी वडा नम्बर १० की ३३ वर्षीया महिलामा पनि कोरोना पुष्टि भएको फोकल पर्सन चन्दले बताए । योसँगै दाङमा कोरोना संक्रमितको कुल संख्या ७ सय ८४ पुगेको छ । जसमध्ये ६९८ जना भने निको भएर डिस्चार्ज भइसकेका छन् । अब सक्रिय संक्रमितको संख्या ८४ जना रहेको छ । जिल्लामा २ जनाको मृत्यु भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  २२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC