site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बल्दैनन् सडक बत्ती, सोलारको लाखौं रकम ब्यर्थ
Sarbottam CementSarbottam Cement

दाङ । दाङका प्रमुख सहरमध्यको घोराही बजार क्षेत्र तथा मुख्य सडकमा विभिन्‍न ठाउँमा सडक बत्ति जडान भएका छन् । उज्यालो सहर बनाउन मुख्यलगायत विभिन्न घटना तथा दुर्घटनाबाट जोखिम भएका सडक क्षेत्रमा लाखौं खर्च गरेर  विद्युतीय तथा सोलार बत्ती जडान गरिएका हुन् । 

तर, अधिकांश ठाउँका सडक छेउमा विद्युत तथा सोलार बत्तीहरु बल्दैनन् । सडक बत्ती बिग्रिएको लामो समय हुँदा पनि कसैको ध्यान जान सकेको छैन । सडक छेउको विद्युत पोलमा लगाइएका विद्युत बल्बहरु पनि अधिकांश बल्दैनन् । लामो समयदेखि कसैले चासो नदिँदा वत्तिका चिमसमेत बिग्रिएका छन् । ती चिमहरु फेरिएका पनि छैनन् । 

घोराहीको विद्युत कार्यालय रोडस्थित जडान गरिएको सडक सोलार बत्ती नबलेको लामो समय भइसक्यो । सडक बत्ती बिग्रिएको विषयमा जडान तथा मर्मतकर्ताहरु नै बेखबर छन् । "सोलार बत्ती तथा विद्युत सडक बत्ती बल्दैनन्," एक स्थानीयले भने । उज्यालो बनाउनका लागि जडित बत्ति नै नबलेपछि अहिले घोराही बजार करिब अन्धकारजस्तै हुन्छ । सहिद गेट रोडमा जडान गरिएका सडक बत्ती पनि बल्दैनन् । त्यहाँका एक व्यवसायीका अनुसार सगरमाथा सिमेन्टको प्रचारका लागि एपेक्स डिजिटलले लगाएका बत्तीबाहेक अरु बत्ती नबलेको जानकारी गराए । 

Prabhu Bank
Agni Group
NIC Asia

"सहिद गेटमा जोडिएको सडक बत्ती बल्दैन, अलिक माथिको वत्ती पनि बल्दैन्, धेरै भइसक्यो नवलेको,"  उनले भने । लामो समय भइसक्दा पनि ती सडक बत्तितर्फ कसैको ध्यान जान सकेको छैन । घोराहीका अन्य मुख्य सडकहरुमा पनि अधिकांश सडक बत्तीहरु नबल्ने स्थानीयले जनाएका छन् । घोराही बजार क्षेत्रका सडक बत्ती नबलिरहको अवस्थामा गाउँको अवस्था राम्रो हुने कुरै भएन । 

घोराही उपमहानगरपालिका १३ डुम्बर गाउँस्थित घोराही सहिद मार्गमा राखिएका अधिकांश सडक बत्तीहरु पनि बल्दैनन् । ती सडक बत्ती बल्न छोडेको लामो समय भइसकेको छ । 

Global Ime bank

सडक बत्ती नहुँदा चोरी, दुर्घटना तथा विभिन्‍न आपराधिक क्रियाकलाप हुनसक्ने उनको भनाइ छ । सडक बत्ती अत्यावश्यक भए पनि सम्बन्धित निकायको ध्यान जान नसकेको उनको भनाइ छ । घोराही उपमहानगरपालिका सडक बत्ती हेर्ने कर्मचारीले लामो समयदेखि फिल्डमा नगएको स्वीकार गरेका छन् । 

"घोराहीका मुख्य सडकहरुमा पनि कतै सडक वत्ति बल्छन् कतै बल्दैनन्–फिल्ड गएमा थाहा हुन्छ," उनले भने । बजार क्षेत्रमा जोडिएका सडक सोलार बत्ती तथा विद्युतीय बत्तीहरु समय–समयमा बिग्रिने समस्या भएको उनले बताए ।

प्रतिकात्मक तस्बिर ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
सफल भएकै हो त लगानी सम्मेलन ?
सफल भएकै हो त लगानी सम्मेलन ?
ICACICAC