site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
महामारीमा पनि जारी छ विप्लव समूहविरुद्ध प्रहरीको ‘सर्च एन्ड अरेस्ट’ अपरेसन
SkywellSkywell

काठमाडौं । मुलुकले कोरोना महामारीको सामना गरिरहेका बेला पनि प्रहरीले भने नेत्रविक्रम चन्द ‘विप्लव’ समूहप्रतिको कारबाही आक्रामक रुपमा अगाडि बढाएको छ । ०७५ फागुनमा सरकारले प्रतिबन्ध लगाएको सो समूहप्रति प्रहरी विगतको तुलनामा झन् आक्रामक देखिएको हो ।

अहिले पनि प्रहरीले विप्लव समूहविरुद्ध ‘सर्च एन्ड अरेस्ट’ अपरेसन जारी राखेको छ । मुलुकका विभिन्‍न स्थानबाट दैनिक सो समूहका नेता-कार्यकर्ता पक्राउ गर्दै आएका छन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत राज्यले प्रतिबन्ध लगाएको समूहविरुद्ध प्रहरी सक्रिय रहनुपर्ने बताए । उनले भने, “शान्ति सुरक्षालगायत असर पार्ने जोकोहीलाई पनि हामी कानुनी दायरामा ल्याउँछौं । विप्लव समूहप्रति पनि त्यसरी नै सक्रिय भएको छ । हामी हाम्रो जिम्मेवारी निर्वाह गरिरहेका छौं ।”

KFC Island Ad
NIC Asia

प्रहरी प्रधान कार्यालयका अनुसार लकडाउनको समयमा विप्लव समूहका नेता-कार्यकर्ता बढी पक्राउ परेका छन् । हालसम्म सो समूहका १८ सय ३९ जना पक्राउ परिसकेका छन् । जसमध्ये १३५ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । १५ सय ८१ जना भने मुद्दा दर्तापछि छुटेका छन् । केही अनुसन्धानकै क्रममा छन् । प्रहरीले पक्राउ परेका केन्द्रीय नेताहरुलाई भने अदालतबाट छुटे पनि तत्काल पक्राउ गरि अर्को मुद्दा लगाउँदै आएको छ ।

विभिन्‍न समयमा भएका विस्फोटन र आगजनीका घटनामा सो समूहका नेताहरुलाई मुद्दा लगाइँदै आएको छ ।

Royal Enfield Island Ad

एक प्रहरी अधिकारीले भने, “लकडाउनको समयमा हामी थप सक्रिय भएका हौं । यस्तो मौकामा उनीहरुले आफ्ना गोप्य गतिविधि बढाउन सक्नेतर्फ हामी सचेत भएका हौं ।”

सशस्त्र द्वन्द्वको संकेतसहित आफ्ना गतिविधि अगाडि बढाइरहेको विप्लव समूहका गतिविधि भने पछिल्लो समय सुस्त छन् । खासगरी कोरोना महामारी निम्तिएसँगै सो समूहका गतिविधि सुस्ताएका हुन् । त्यसपछि विप्लव समूहले विभिन्‍न स्थानमा चन्दा संकलन, ठाउँठाउँमा विस्फोटक पदार्थ राख्‍नेलगायत कार्य गर्दै आएको थियो । सो क्रममा दर्जनौं नेता-कार्यकर्ता हतियारसहित पनि पक्राउ परेका थिए ।

लकडाउनअघि प्रहरीको नजरबाट लुक्दै आएका विप्लव समूहका नेता-कार्यकर्ता पछिल्लो समय कोरोना संक्रमणको डरले प्राय:जसो घरमै भेटिएपछि प्रहरीलाई पक्राउ गर्न सहज भएको हो । यसबाहेक प्रहरीले सो समूहका गतिविधबारे पनि सूचना संकलन जारी राखेको छ । 

हालसम्म पक्राउ परेर जेलमा रहेका विप्लव समूहका उच्च नेतामध्ये हेमन्तप्रकाश ओली ‘सुदर्शन’ हुन् । प्रहरीले पछिल्लो २ वर्षदेखि विप्लवकै खोजी गरे पनि उनलाई भने भेटाउन सकेको छैन । विप्लवकै खोजीका लागि विशेष टोली लामो समयदेखि परिचालित छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro