site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२५ महिनामा पनि निर्मलाका हत्यारासम्म पुग्‍न सकेन प्रहरी 
SkywellSkywell

काठमाडौं । कञ्‍चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको भएको २५ महिना पुग्दा पनि प्रहरी हत्यारासम्म पुग्‍न सकेको छैन् । १० साउन ०७५ मा  निर्मलाको बलात्कारपछि हत्या भएको थियो । घरबाट साथीको घर हिँडेकी निर्मला साउन ११ मा घरभन्दा केहीवर रहेको उखुबारीमा मृत फेला परेकी थिइन् ।

प्रहरीले ४ भदौ ०७५ मा मुख्य अभियुक्त भन्दै भीमदत्तनगर १९, बाँगफाँटाका ३९ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । निर्मलको शरीरबाट निकालिएको स्वाबसँग दिलीपको डीएनए नमिलेपछि उनी छुटेका थिए । दिलीपलाई नक्कली अभियुक्त बनाइएको भन्दै सोही समयमा कञ्‍चनपुरमा स्थानीयको प्रदर्शन सुरु भएको थियो । प्रदर्शनकै क्रममा प्रहरीको गोली लागेर स्थानीय शनी खुनाले ज्यान गुमाउनु परेको थियो ।

दिलीपबाहेक प्रहरीले प्रदीप रावललगायत अन्य केहीलाई समेत पक्राउ गरेको थियो । निर्मला हत्या प्रकरणको अनुसन्धान विवादित भएको, प्रहरीले प्रमाण नष्ट गरेको आरोपमा कञ्‍चनपुरका तत्कालीन एसपी दिल्लीराज विष्टसहित प्रहरी अधिकारी बर्खास्तीदेखि निलम्बनसम्म भएका थिए । तर जिल्ला अदालत कञ्‍चनपुरले केही समयअघि सबै प्रहरी अधिकारीलाई सफाइ दिइसकेको छ ।

KFC Island Ad
NIC Asia

कैयौंको डीएनए, सयौंको बयान
निर्मला प्रकरणमा प्रहरीले हालसम्म ७५ जना बढीको डीएनए परीक्षण गरिसकेको छ । हाल डीएनए परीक्षणको काम प्रहरीले रोकेको छ । तर अनुसन्धान भने जारी छ । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायत अनुसन्धान जारी रहेको बताउँछन् ।

उनले भने, “सीआईबी, प्रदेश प्रहरी र कञ्‍चनपुरको टोली अनुसन्धानमै छ । हरेक कोणबाट अनुसन्धान गरिरहेका छौं ।” २५ महिनाको अवधिमा प्रहरीले शंकास्पद सयौंको बयानसमेत लिएको छ । यसक्रममा ट्यापे, आपराधिक गतिविधिमा संग्लन, गुन्डागर्दीमा संग्लन भनिएकाहरु र निर्मलाकै गाउँका दर्जनौंको डीएनए परीक्षणदेखि बयान लिएको हो । हत्या आशंकामै प्रहरीले दर्जनौंको स्केचसमेत बनाएको थियो । 

Royal Enfield Island Ad

पछिल्ला केही वर्षयताका घटनामा सबैभन्दा बढी प्रहरी जनशक्ति परिचालन भएको यही घटना हो । निर्मला हत्या प्रकरणयता २ आईजीपी फेरिइसकेका छन् भने हाल प्रहरीको नेतृत्व शैलेश थापा क्षेत्रीले गरिरहेका छन् । थापाले अनुसन्धानलाई सूक्ष्म रुपमा अगाडि बढाउन अनुसन्धानमा संग्लन अधिकारीलाई निर्देशनसमेत दिएका छन् । तर हत्यारासम्म प्रहरी कहिले पुग्छ यकिन छैन ।

प्रमाणकै अभाव
निर्मला हत्याकाण्डमा प्रहरीलाई सबैभन्दा ठूलो समस्या हो अभियुक्तसम्म पुग्‍ने स्पष्ट प्रमाणको अभाव । त्यसैले २५ महिना बितिसक्दा पनि अभियुक्तसम्म प्रहरी पुग्‍न नसकेको हो । एक प्रहरी अधिकारीका अनुसार हत्यामा कसको संलग्‍नता थियो भन्‍ने ‘क्लु’ नपाउँदा अनुसन्धान पेचिलो बन्दै गएको हो । तर बर्खास्तीदेखि निलम्बनमा परेका प्रहरी अधिकारी भने दिलीप विष्ट नै मुख्य अभियुक्त भएको दाबी गर्दै आएका छन् ।

निकै चासो र विवादित बनेको निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपीको कमान्डमा टोली कार्यरत छ । अनुसन्धान टोलीले सयौं शंकास्पद व्यक्तिको बयान लिने, निगरानी राख्‍ने, कल डिटेल हेर्नेलगायत काम गरिसक्दा पनि हत्यारासम्म पुग्‍ने ‘क्लु’ भेट्टाउन नसकेको हो । निर्मलाले मोबाइलसमेत नबोक्ने भएकाले प्रहरीलाई अनुसन्धानमा थप सकस भएको हो ।

प्रहरीले निर्मलाको गाउँ आसपासका वडाहरुको लगत संकलनसमेत गरेको थियो । त्यसक्रममा प्रहरीले झन्डै २ हजार बढी घरको विवरण संकलन गरेको हो । प्रहरीले संकलन गरेको विवरणमा घरमा को-को थिए, साउन १० अघि कहाँ थिए, उनीहरुको पृष्ठभूमि वा पेसा के हो, साउन १० पछि घर छाडेर वैदेशिक रोजगारी वा भारतमा को-को गएलगायत विवरण संकलन गरेको थियो । तर यो विवरण संकलनले समेत प्रहरी अनुसन्धानलाई सफलतामा पुर्‍याउन सकेन ।  

नेपाल प्रहरीका एक अधिकारीका अनुसार बलात्कारका घटनामा डीएनए परीक्षण गरिएको यो पहिलो घटना हो । निर्मला बलात्कार तथा हत्यामा चिनजानकै व्यक्ति, ट्यापे, लागुऔषध प्रयोगकर्ता वा मानसिक अवस्था कमजोर भएको व्यक्तिको संग्लनता हुनसक्ने प्रहरी आशंका छ । सुरुवातदेखि नै सीआईबीको टोली कञ्‍चनपुरमै सक्रिय छ ।

प्रहरीले अनुसन्धानमा प्राविधिक स्रोत-साधनको प्रयोग गरेपनि ‘म्यानुअल’ पद्धतिमै अनुसन्धान गर्नुपर्ने बाध्यता छ । अनुसन्धानमा संलग्‍न एक अधिकारीले भने, ‘‘यो घटनामा प्रविधिको प्रयोगभन्दा व्यक्तिलाई भेट्ने, खोज्‍नेलगायतकै काम बढी छ । किनकि निर्मलाले मोबाइल प्रयोग गर्ने नभएकाले प्रविधिबाट भनेजस्तो सहयोग पाउने अवस्था छैन ।’’

अदालतबाट प्रहरीले सफाइ पाएपछि पुराना र नयाँ तथ्य जोडेर अनुसन्धानमा प्रहरी जुटेको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १५, २०७७  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro