site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कार्यदलले बुझाएको प्रतिवेदनप्रति माधव नेपाल समूह असन्तुष्ट
SkywellSkywell

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को समस्या समाधान सुझाव कार्यदलले बुझाएको प्रतिवेदनप्रति माधव नेपाल समूह असन्तुष्ट बनेको छ ।

नेकपाको पछिल्लो विवाद विधान कार्यान्वयनसँग गाँसिएको ‘एक व्यक्ति, एक मुख्य जिम्मेवारी’मा केन्द्रित थियो । गत साउन ३० गते गठन गरेको पार्टी महासचिव विष्णु पौडेल संयोजकत्वको कार्यदलले समस्याको चुरो कुरा नै छुटाएर प्रतिवेदन तयार पारेको भन्दै नेपाल समूह असन्तुष्ट बनेको छ । नेपाल समूहले आफ्ना दुई सदस्यहरूको भूमिकामाथि प्रश्न उठाएको छ । कार्यदलमा रहेका भीम रावल र सुरेन्द्र पाण्डे नेपालनिकट हुन् ।

“कार्यदलले तयार पारेको प्रतिवेदन हामीले पनि पढ्यौं,” नेपाल समूहका एक प्रभावशाली नेता भन्छन्, “कार्यदलको प्रतिवेदनमाथि स्थायी कमिटीका कतिपय साथी असन्तुष्ट छन् । माधव नेपालले लामो समयदेखि उठाउँदै आएको र पछिल्लोपटक आएर पार्टीको स्थापित मुद्दा बनेको विषय त्यहाँ समावेश छैनन् । एक किसिमले भन्ने हो भने प्रतिवेदनले केपी शर्मा ओलीको पद थमौती मात्रै गरेको छ । पार्टीभित्रको मूल मुद्दामा पस्नै नचाहेजस्तो देखिन्छ ।”

KFC Island Ad
NIC Asia

नेपाल समूहका अर्का नेता पनि यही मान्यतामा उभिएका छन् । उनले कार्यदलले तयार पारेको प्रतिवेदनले नेपाल समूहले उठाएको विषयको सम्बोधन गर्न नसकेको जिकिर गर्छन् ।

वरिष्ठ नेता माधवकुमार नेपालले प्रदेश कमिटी गठनदेखि नै एक व्यक्ति एक पदको कुरा उठाउँदै आएका थिए । २०७५ भदौमा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरूङ र पाँच नम्बर प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेललाई विधानविपरीत सम्बन्धित प्रदेश इन्चार्जसमेतको जिम्मेवारी थपिएको भन्दै नेपाल रुष्ट बनेका थिए । २०७५ साउन १२ गते इन्द्रेणी फुडल्याण्डमा स्थायी कमिटी सदस्यहरूलाई बोलाएर असन्तुष्टि पोखेका थिए । त्यसयता निरन्तर नेपाल यही अडानमा छन् ।

Royal Enfield Island Ad

२०७५ भदौ ३ गतेको सात बुँदे नोट अफ डिसेन्टमा पनि एक व्यक्ति एक मुख्य जिम्मेवारीकै कुरा समेटिएको छ । र, पछिल्लो बखेडा र कार्यदल गठनसम्म आइपुग्दा पार्टीको मुख्य विवाद नै यही बनेको थियो । 

तर, कार्यदलले यसैलाई समात्न नसकेको नेपाल पक्षको ठहर छ ।


“पार्टीमा उठेको जुन मुद्दा हो, विधानको कार्यान्वयनसँग गाँसिएको मुद्दा, त्यो सम्बोधन गर्न छुटाएको छ । खासगरी एक व्यक्ति एक मुख्य जिम्मेवारी कार्यान्वयन नहुनु नै अहिलेको समस्याको जड हो,” उनी भन्छन् ।

अध्यक्षको हकमा जेसुकै भए पनि अरूतिर त्यो लागु गरेर जानुपर्ने नेपाल पक्षको जोड छ । “हामीले त अध्यक्षबाटै लागु गरेर जानुपर्छ भन्ने मान्यतामा उभिएका थियौं । तर, अहिले अध्यक्षको हकमा लागु गर्न नसकिए पनि अन्यत्र लागु गरेर जानुपर्छ भन्नुपर्ने थियो । त्यो समेटिएन ।”

प्रतिवेदनमा नसमेटिए पनि सचिवालय र स्थायी कमिटीमा यो विषय उठ्ने ती सदस्यको भनाइ छ । यसबारे नेता नेपालले स्थायी कमिटी सदस्यहरूसँग छलफल गरिरहेको स्रोतको दाबी छ ।

माधव नेपालले उठाएको विषयमा प्रतिवेदन के भन्छ ?
प्रतिवेदनको बुँदा नम्बर ४ मा पार्टीलाई पद्धतिसम्मत र संस्थागत प्रणालीलाई सबल तुल्याउनेगरी अघि बढ्न सुझाव दिइएको छ । विगतमा विभिन्न सन्दर्भमा नेतृत्व तहबाट गम्भीर प्रकृतिका गल्ती, कमजोरीहरू हुन पुगेको उल्लेख छ । आ–आफ्ना गल्ती कमजोरीप्रति आत्मालोचित र आत्मसमीक्षक हुन सुझाइएको छ । भविष्यमा त्यसप्रकारका गल्ती नदोहोर्‍याउने प्रण–प्रतिज्ञा गर्न सुझाइएको छ ।

सोही बुँदाको उपबुँदा ३ मा विगतका अन्तरविरोध एवम् अनुभवहरूबाट शिक्षा लिदै पार्टी एकताको मर्म र भावना, दुई पार्टीका बीच एकता गर्दाका सहमतिहरु र संस्थागत रुपमा तय गरिएका विचार, नीति, विधि र पद्धति अनुशरण एवम् कार्यान्वयन गर्न सुझाव दिइएको छ । र, कार्यान्वयन हुन बाँकी रहेका विगतका निर्णयहरुलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्दछ । सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी लगायत समस्त पार्टीलाई विधि, पद्धति र संस्थागत निर्णयका आधारमा सञ्चालन गर्न भनिएको छ ।

बुँदा नम्बर ६ ले नेपाल पक्षले उठाएका धेरै कुरा समेका छन् । बुँदा नम्बर ६ (३) मा केन्द्रीय सचिवालयले पार्टी विधान र नियमावलीको व्यवस्था र निर्धारित मापदण्डका आधारमा एकता-एकीकरणका बाँकी कामहरू एक महिनाभित्र सम्पन्‍न गर्न सुझाइएको छ । त्यस्तै केन्द्रीय तहका सल्लाहकार परिषद्, ज्येष्‍ठ कम्युनिष्ट मञ्च, पोलिटब्युरो, विभागहरू, प्रदेश र स्थानीय तहका कमिटीहरू, जनवर्गीय संगठनहरू र प्रवास क्षेत्रको संगठनात्मक एकीकरणका साथै सम्पत्ति र अभिलेखको समेत एकीकरण सम्पन्‍न गर्न भनिएको छ ।

कार्यान्वयन हुन बाँकी रहेका पूर्ववर्ती निर्णयहरू कार्यान्वयन गर्ने । विवादका कारणले अवरुद्ध हुनपुगेको एकीकरण प्रक्रियालाई सहमतिका साथ अघि बढाउनेर आवश्यकता अनसार नयाँ निर्णय लिन सुभाव दिइएको छ ।  केन्द्रीय तहबाट गर्नैपर्ने काम केन्द्रीय सचिवालयलले गर्ने र अन्य कामका लागि सम्बद्ध निकाय वा मातहत कमिटीलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने कुरा उठाएको छ ।

बुँदा नम्बर ६ (५) मा अन्तरविरोध र असमझदारीको कारणले गर्दा कतिपय जिल्ला र सो मातहतमा पार्टी कमिटीहरू गठन हुननसकेको भन्दै एकीकरणको क्रममा कतिपय स्थानमा मापदण्ड उल्लङ्घन भएको र अनुशासनात्मक विषयसँग सम्बन्धित अन्य विषयहरुमा उजुरी र गुनासाहरु प्राप्त भएको उल्लेख छ । निश्चित समयभित्र सत्य-तथ्य यकिन गरी पार्टी विधान तथा नियमावलीको प्रबन्ध र निर्धारित मापदण्डको आधारमा यस्ता समस्याहरुको समाधान गर्ने जिम्मेवारी केन्द्रीय संगठन विभागलाई दिन पनि सुझाइएको छ । यसअघि पनि केन्द्रीय सङ्गठन विभागलाई यसप्रकारको जिम्मेवारी नदिएको भने होइन । सङ्गठन विभागले ताकेता गरेको भए पनि समाधान हुन सकेको छैन । विशेषतः दुई नम्बर प्रदेशका यसप्रकारको गुनासो बढी छ ।

बुँदा नम्बर ७ ले पनि माधव नेपालले उठाएको कुरा समेटेको छ । ७ को उपबुँदा १ मा परिभाषित कामको मूल्याङ्कनमा आधारित भएर केन्द्रीय कमिटीको कार्यविभाजनको पुनरावलोकन गर्न सुझाइएको छ ।

उपबुँदा ६ मा सबै तहका पार्टी कमिटी तथा निकाय र विभागहरूको बैठक विधान बमोजिम नियमित रुपमा आयोजना गर्ने भनिएको छ । यो पनि नेपालले जोड दिँदै आएको विषय हो ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ ९, २०७७  १०:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro