देश
चितवन । चितवनमा थप १३ जनामा कोरोना पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा आज गरिएको परीक्षणमा चितवनका १० र अन्य जिल्लाका गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
प्रयोगशालाले शनिबार साँझ अध्यावधिक गरेको विवरण अनुसार भरतपुर नगरपालिकाका ७ जना र राप्ती नगरपालिकाका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै मकवानपुरका २ जना र नवलपुरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाका प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन् ।
प्रकाशित मिति: शनिबार, भदौ ६, २०७७ २२:२१
प्रतिक्रिया दिनुहोस्