site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संघीय संसदको लोगो सच्याइँदै, खर्च घरेलु तथा साना उद्योगकै
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसदका पदाधिकारी र सदस्यहरुले लगाउने संघीय संसदको प्रतिक चिन्ह ब्याच पिनको आलोचना भएपछि त्रुटी सच्याइने भएको छ । 

गत जेठ ११ गते बसेको प्रतिनिधि सभा र राष्ट्रिय सभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्सा अनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो । सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो  र रोष्टममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय गरेको थियो । 

कार्यव्यवस्था परामर्श समितिको सोही निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।  संघीय संसदले घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई लोगो बनाउने जिम्मा दिइएको थियो । तर, प्रतिक चिन्हमा नेपालको नक्सा बिग्रिएको र 'फिनिसिङ'समेत नभएको भन्दै सांसदहरुले नै असन्तुष्टि जनाएपछि लोगो सच्याउन सचिवालय तयार भएको हो । 

Prabhu Bank
Agni Group
NIC Asia

साउन ३२ मा अद्यावधिक नक्सा अंकित लोगो संघीय संसदका पदाधिकारीलाई हस्तान्तरण गरिएको थियो । संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरेका थिए । सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले नयाँ लोगो लगाएका पनि थिए ।

लोगो सच्याइने

Global Ime bank

सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले बुधबार विज्ञप्ति जारी गरेरै प्रतिक चिन्ह सच्याइने जानकारी दिए । “ब्याच पिनहरुमा संरचनागत र साजसज्जासम्बन्धी समस्या देखिएकाले सोको सुधार र परिमार्जनका लागि फिर्ता पठाइएको छ,” सचिवालयले भनेको छ, “ प्रतिक चिन्हको ब्याच पिनको सम्बन्धमा यसको स्तरीयता र निर्धारित मापदण्ड अनुसारको निर्माण गरी प्रयोगमा ल्याउने कार्य गरिरहेको जानकारी गराउँदछ ।”

लोगो सच्याउने खर्च उद्योग कार्यालयकै 

उद्योग विभागले बनाएको दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ । लोगो बाग्मती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो । प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको सचिव ध्रुवप्रसाद घिमिरेले बताए । ३ सय ५० थान लोगो बनाइएको छ । जसको कूल खर्च करिब २० लाख भएको छ । 

लोगो कहिलेसम्म सच्याइएर आइसक्छ समय तय नगरिएको भएपनि जतिसक्दो छिटो गर्ने सहमति भएको उनले जानकारी दिए । त्यस्तै, लोगो सच्याउनका लागि लाग्ने खर्च संसद सचिवालयले नबेहोर्ने र घरेलु तथा साना उद्योग कार्यालयले नै बेहोर्ने सहमति भइसकेको सचिव घिमिरेको भनाइ छ । 

संसदको लोगो फिर्ता, परिमार्जन गरिने 

“सबै लोगो बिग्रिएको पनि देखिएन । हस्तकला ठ्याक्कै फोटोजस्तो त हुँदैन । थोरैप्रति बिग्रिएको र बिग्रिएको लोगोनै मिडियामा आयो । केहीमा रंगहरु लतपतिएको पाइयो,” उनले भने, “विभागबाट केही कमजोरी देखियो । लोगो विग्रएको कुरा आयसकेपछाडी सच्याउनु त परिहाल्यो ।” 

भएका गल्ती कमजोरी लोगोमा सच्याएर आउने पनि सचिव घिमिरेले जानकारी दिए ।

संसदको नयाँ प्रतीक चिन्हका डिजाइनर ८७ वर्षीय टेकवीर मुखिया हुन । उनले यस अघिको लोगोको पनि डिजाइन गरेका थिए । लोगो सो कार्यालयमा रहेका कलाकारहरुले करिब डेढ महिना लगाएर हातैले कुँदेर (मेसिनविनै) तयार पारेका थिए । लोगो त्रुटीपूर्ण भएपछि डिजाइनर मुखियाले पनि असन्तुष्टि जनाएका थिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ५, २०७७  १६:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !