site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा मास्क नलगाएर हिँड्ने १९५ जना प्रहरी नियन्त्रणमा

चितवन । चितवनमा शुक्रबारदेखि निशेधाज्ञा जारी भएसँगै चितवन प्रहरीले मास्क नलगाएर हिँड्ने व्यक्तिलाई कारबाही गर्न सुरु गरेको छ । 

बुधबारमात्रै चितवन प्रहरीले सार्वजनिक स्थल र सडकमा हिँड्ने १९५ जनालाई नियन्त्रणमा लिएर कारबाही गरेको छ । तीमध्ये १७१ पुरुष र २४ जना महिला रहेका छन् ।

उनीहरुलाई जरीवाना गरी ३२ हजार ९ सय रुपैयाँ असुल गरेको छ । यस्तै सार्वजनिक सवारीसाधनमा सामाजिक दूरी कायम नगर्ने १५ जनालाई नियन्त्रणमा लिएर कारवाही गरेको छ । 

उनीहरुबाट सात हजार ५ सय रुपैयाँ असुल गरिएको प्रहरी प्रमुख नान्तीराज गुरुङ्गले जानकारी दिए । 

निशेधाज्ञाको समयमा र अन्य समयमा गरी जिल्लाका विभिन्‍न स्थानबाट उनीहरुलाई जरीवाना तिराएर छाडिएको गुरुङ्गले जानकारी दिए । 

निशेधाज्ञा सँगै चितवन प्रशासनले थप कडाइ गर्दै लगेको छ । निशेधाज्ञा खुलेको समयमा पनि नागरिकलाई नजिकको पसलमा किनमेल गर्न र अत्यावश्यकका काम बाहेक सवारीसाधन नचलाउन आग्रह गर्दै आएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, भदौ ३, २०७७  २०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro