site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
घोराहीस्थित बैंकका कर्मचारीसहित दुई जनालाई कोरोना संक्रमण
Sarbottam CementSarbottam Cement

दाङ । घोराहीको कर्णाली डेभलपमेन्ट बैंकमा कार्यरत एकजना कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परीक्षणका क्रममा घोराही १५ मा रहेको कर्णाली डेभलपमेन्ट बैंकमा कार्यरत २२ वर्षीय एक पुरुष कर्मचारीमा कोरोना पुष्टि भएको हो । 

उनी घोराही निवासी हुन । ती कर्मचारीलाई सेवाग्राहीबाटै भाइरसको संक्रमण भएको अनुमान गरिएको जिल्लाका 'फोकल पर्सन' कमल चन्दले जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

ज्वरो आउने र श्वासप्रश्वासमा समस्या देखिएपछि बुद्ध हस्पिटलमा उपचारका लागि पुगेका उनलाई कोरोनाको आशंकामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रेफर गरिएको थियो । त्यही उनको स्वाब परीक्षण गर्दा कोरोना संक्रमण फेला परेको थियो । आफ्ना कर्मचारीलाई कोरोना पुष्टि भएपछि बैंक सिल गरिएको छ । त्यस्तै तुलसीपुरका अर्का एक व्यक्तिमा पनि कोरोना संक्रमण भएको पाइएको छ । 

तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ स्थित घरमा बस्दै आएका ती व्यक्ति केही समय पहिला काठमाडौंबाट फर्किएको तुलसीपुरका फोकल पर्सन विमल केसीले जानकारी दिएका छन् । साउन २६ गते उनले कपुरकोटमा स्वाब दिएका थिए । उनको भेरी अस्पताल नेपालगञ्जमा स्वाब परीक्षण गर्दा संक्रमण पुष्टि भएको केसीले जानरकारी दिए । 

Global Ime bank

उनी सल्यानको कपुरकोटस्थित अदुवा बालीका कर्मचारी हुन् । कपुरकोटमा स्वाब दिएका उनी तुलसीपुरस्थित घरमा बस्दै आएका थिए । योसँगै कोरोना संक्रमण समुदायसम्म पुगेको आशंका गरिएको स्वास्थ्य कार्यालय दाङका फोकल पर्सन कमल चन्दले जानकारी दिए । 

तुलसीपुरमा अहिलेसम्म ७८ जनामा संक्रमण देखिएको छ भने ६२ जना निको भएर डिस्चार्ज भएका छन् । राप्ती लाईफ केयर, सेन्टर मावि, होम क्वारेन्टाइनमा र होटल क्वारेन्टाइनमा गरेर उपमहानगरपालिकामा अहिले ५५ जना क्वारेन्टाइनमा छन् भने होम क्वारेन्टाइनमा ३० जना रहेको फोकल पर्सन केसीले जानकारी दिए । अहिलेसम्म दाङमा ७ सय १४ जनामा संक्रमण देखिएको छ। ६२ जना अहिले पनि आइसोलेशनमा उपचाररत रहेका छन्। ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १५:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय