site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कांग्रेस महाधिवेशन कार्यतालिका नै प्रभावित, न समयमा समायोजन, न क्रियाशील सदस्यता वितरण 

काठमाडौं । कोभिड–१९ महामारीले नेपाली कांग्रेसको आशन्न १४ औं महाधिवेशनका लागि परिमार्जन गरिएको कार्यतालिका प्रभावित भएको छ । महामारीका कारण कांग्रेसले परिमार्जित कार्यतालिकाअनुसार सम्पादन गर्नुपर्ने कामहरु सम्पन्न गर्न सकिरहेको छैन ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा गत असार २२ गते बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको अन्तिम मिति यथावत राखेर अन्य तल्ला तहको अधिवेशन तालिका परिमार्जन गरेको थियो । जसअनुसार पार्टीका आन्तरिक संरचना समायोजन, क्रियाशील सदस्यता वितरणको समयावधि पनि परिमार्जन भएको थियो ।

नयाँ कार्यतालिकाअनुसार कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा पार्टीको अन्तरिम संरचना समायोजन गरी सक्नुपर्ने अन्तिम अवधि साउन १० गते तोकेको थियो । तर, कांग्रेसले अझै ११ जिल्लामा अन्तरिम संरचना समायोजन गर्न बाँकी छ ।

यस्तै विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नविकरण गर्ने कार्य सम्पन्न गर्ने अवधि असार २५ देखि साउन मसान्तसम्म निर्धारण गरेको थियो ।  

विभिन्न ११ जिल्लाहरुमा पार्टीका अन्तरिक संरचनाहरु समायोजनको काम सम्पन्न नभएका कारण कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरण र क्रियाशील सदस्यता नवीकरणको काम सम्पन्न गर्न सकेको छैन । प्रदेश नम्बर २ का आठ जिल्लासँगै मुस्ताङ, काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा कांग्रेसले अन्तरिम संरचनाहरु समायोजन गर्न बाँकी छ । कांग्रेसले कोभिड–१९ को महामारीकै कारण संरचना समायोजनमा ढिलाइ भएको बताइरहेको छ ।

कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका सचिव तथा सूचना अधिकारी केशव रिजालले कोभिड–१९ को महामारीले कार्यतालिकाअनुसार कार्यसम्पादनमा कठिनाइ भइरहेको बताए । “कार्यतालिकाले निर्धारण गरेको समयावधिमा समायोजन, नयाँ क्रियाशील सदस्यता वितरण र नविकरणको काम कोभिडले डिस्टर्ब भइरहेको छ,” उनले बाह्रखरीसँग भने ।

सूचना अधिकारी रिजालले असार २२ गते परिमार्जन गरिएको कार्यतालिकालाई पुनःसंशोधन गर्नुपर्ने अवस्था सिर्जना भएको पनि बताए । पार्टीको केन्द्रीय कार्यासमिति बैठक बसेर कार्यतालिकालाई संशोधन गर्ने उनको भनाइ छ । “महाधिवेशनको कार्यतालिका पुनःसंशोधन गर्नुपर्ने स्थिति देखिन्छ,” रिजालले भने, “पार्टीको बैठक बसेर पुरानो कार्यतालिकालाई चेन्ज गर्छ, नयाँ कार्यतालिका घोषणा गर्छ ।”

यद्यपि, संस्थापनइतर समूहले भने महाधिवेशनलाई पछाडि धकेल्नका लागि निर्धारित कार्यतालिकाअनुसार समायोजनको काम सम्पन्न नगरेको दाबी गरेको छ । क्रियाशील सदस्यता वितरण, नविकरण पछाडि धकेलेर महाधिवेशन सार्ने योजनाअनुसार आन्तरिक संरचना समायोजन बाँकी राखिएको इतर समूहका एक केन्द्रीय सदस्यले दाबी गरे ।

“निर्धारित समयमा त अब महाधिवेशन हुने छाँटकाँट देखिँदैन । इन्ट्रेस्टका कारणले समायोजनको अख्तियारी पाएकाहरुले नै रोकेर राखेका हुन्,” उनले भने ।   कांग्रेसले समायोजन हुन बाँकी रहेका जिल्लाहरुमा क्रियाशील सदस्यता वितरण र नवीकरणको काम जारी रहेको जनाएको छ । क्रियाशील वितरण र नवीकरण बारेको प्रगति विवरण भने केन्द्रीय कार्यालयमा पुगेको छैन ।

सूचना अधिकरी रिजालले कोभिड–१९ कै कारण प्रगति विवरणका बारेमा केही जानकारी नआएको बताए ।  “कोभिडले काठमाडौंबाट बाहिर जान र बाहिरबाट काठमाडौं आउनै गाह्रो छ । यातायातका साधन नचल्दा महाधिवेशन लक्षित जिल्लामा भएका प्रगतिका बारेमा केन्द्रमा कुनै जानकारी आउन सकेको छैन,” उनले भने ।       
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, भदौ २, २०७७  १४:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro