site stats
बाह्रखरी :: Baahrakhari
देश
 अज्ञात समूहद्वारा सिद्धार्थ एकेडेमीमा तोडफोड

दाङ । दाङको घोराही १५ रतनपुर अवस्थित, सिद्धार्थ एकेडेमीमा आइतबार अज्ञात समूहले विद्यालय हाताभित्र प्रवेश गरी विद्यालयको लेखा शाखामा तोडफोड गरेका छन् । 

अज्ञात समूह विद्यालय हाताभित्र प्रवेश गरी सिसि क्यामेराको तार छिनाली तोडफोड गरेको विद्यालयका प्रिन्सिपल तिल वहादुर जिएमले जानकारी गराएका छन् ।

Argakhachi Cement Island Ad

छापामार शैलीमा विद्यालय हाताभित्र प्रवेश गरेका ती व्यक्तिहरु मध्ये केही व्यक्तिहरुले विद्यालयको सुरक्षा गार्डलाई समाए कुटपिट गरेका थिए भने अरु केही व्यक्तिहरु विदालयको लेखा शाखामा गइ त्यहाँ आफ्नो कार्यमा व्यस्त रहेका नारायण चौधरी र केशव रिलाजमाथि कुटपिट गर्नुका साथै उनीहरुको मोबाइल फोन खोसी त्यहाँ रहेको कम्प्युटर, प्रिन्टर, विलहरु लगायतका महत्वपूर्ण कागजातहरुमा आगजनीसमेत गरेका थिए ।

प्याब्सन दाङ र घोराही नगर प्याब्सनले आफ्ना सदस्य विद्यालयमा भएको यस घटनालाई तुच्छ र निक्रिष्ट कार्यको संज्ञा दिइ निन्दा गर्दै विज्ञप्ती निकाली संलग्‍न व्यक्तिहरुलाई यथाशक्य पहिचान गरी दोषीलाई कडाभन्दा कडा कारबाहीको माग गरेका छन् । साथै विद्यालयहरुको सुरक्षाको व्यवस्थापन गर्न समेत प्रशासनसँग माग गरिएको छ ।

प्रतिनिधि तस्बिर ।

प्रकाशित मिति: आइतबार, साउन ३२, २०७७  २०:५७
प्रतिक्रिया दिनुहोस्