site stats
बाह्रखरी :: Baahrakhari
विशेष
कञ्चनपुरमा बोक्सी आरोपमा दम्पतीको हत्या, हत्या गर्न छिमेकीले दिए चारलाख !

काठमाडौं । कञ्चनपुरमा बोक्सीको आरोपमा श्रीमान् श्रीमतीको हत्या भएको छ ।  गत शुक्रबार राति कञ्चनपुरको बेलौरीमा ६२ वर्षीय घनश्याम खाती र उनकी श्रीमती वालादेवीमाथि आक्रमण भएको थियो । वालादेवीको सोही राति ज्यान गएको थियो भने घाइते उनका श्रीमानको उपचारका क्रममा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले सुरुमा उनका छोरालाई नियन्त्रणमा लिएको थियो । 

Argakhachi Cement Island Ad

तर अनुसन्धान गर्दै जाँदा छोराको संग्लनता नदेखिएपछि कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासीनी आफैँ अनुसन्धानमा सक्रिय भएका थिए  । 

अनुसन्धानकै क्रममा मृतकका छिमेकी प्रकाश ऐरले ४ लाख रुपैयाँ दिएर हत्या गर्न लगाएको खुलेको छ । एक प्रहरी उच्च अधिकारीले बाह्रखरीसँग भने,“छिमेकी प्रकाश र मृतकका परिवारबीच लामो समयदेखि विवाद रहेछ । प्रकाशले उनीहरुमा बोक्सी छ भन्दै एक तन्त्रमन्त्र गर्ने व्यक्तिलाई चारलाख रुपैयाँ दिएर हत्या गर्न लगाएका रहेछन् ।”

प्रहरीले हत्यामा संग्लन आरोपमा प्रकाशसहित ४ जनालाई पक्राउ गरेको छ ।  जसमध्ये कञ्चनपुरकै वाणीमा बस्दै आएका थारु समुदायका एक व्यक्तिसमेत छन् । उनले आफू तान्त्रिक व्यक्ति भएको बताएका छन् । उनैले ४ लाख लिएर राति घरमा गएर खाती दम्पतिमाथि आक्रमण गरेको खुलेको छ ।  हत्या गर्ने व्यक्तिले आफूले वाँण हानेरै खाती दम्पतीको हत्या गर्ने प्रकाशसँग बताएको बयानका क्रममा खुलेको प्रहरीले जनाएको छ । 

धारिलो हतियार प्रहार गरेर दम्पतीको हत्या गरेको अनुसन्धानमा खुलेको छ ।  खाती दम्पतीले आफ्नो परिवारलाई तनाव दिएको भन्दै उनले ४ लाख दिएर हत्या योजना बुनेको खुलेको छ ।  कञ्चनपुर प्रहरीले आज दिउँसो घटनाबारे पत्रकार सम्मेलन गर्दैैछ । 


 

प्रकाशित मिति: सोमबार, साउन २६, २०७७  १०:०९
प्रतिक्रिया दिनुहोस्