अर्थ व्यवसाय
![एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच सम्झौता](https://12khari.de/uploads/posts/2020-08-07_SB-solution.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक र एसबी सोलुसनबीच बैंकको आन्तरिक लोन प्रक्रियालाई अटोमेटेड र डिजिटाइज गर्ने विषयमा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेशकुमार पोखरेल र एसबी सोलुसनका अध्यक्ष विपुल ढकालले हस्ताक्षर गरेका छन् ।
एसबी सोलुसनको लोन म्यानेजमेन्ट सिस्टममार्फत बैंकले आन्तरिक लोन र लोन फाइलको अप्रुभल प्रोसेसलाई अटोमेट र डिजिटाइज गर्नेछ । यसबाट बैंकलाई ग्राहकको लोन फाइलसम्बन्धी काम स्वीकृति र विश्लेषण गर्न प्रत्यक्ष फाइदा पुग्ने जनाइएको छ ।
बैंकले चाँडै अनलाइन लोन इलिजिबिलिटी सर्भिस समेत सुरु गर्ने जनाएको छ । बैंकको एक लाखभन्दा बढी ग्राहक र ३८ शाखाहरु रहेको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७ १४:०६
प्रतिक्रिया दिनुहोस्