site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
बियरको आविष्कार कसरी भयो ? कसरी फैलियो विश्वभर ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । संसारकै पहिलो बियर कसले बनायो ? यसको जवाफ खोज्न १३ हजार वर्ष पहिले पुग्नुपर्ने हुन्छ ।  इजरायलको हैफानजिकै प्राग ऐतिहासिककालको एक गुफाबाट विश्वको अहिलेसम्मकै पुरानो मदिराको भट्टी फेला परेको छ । जहाँ १३ हजार वर्ष पुरानो बियरको अंश पनि फेला परेको छ ।

एक चिहानको अध्ययनका क्रममा सो बियर फेला परेको हो । उक्त चिहान फिरन्ते सिकारीहरूको भएको अनुमान गरिएको छ । यो चिहान फेला पर्नुअघि बियर बनाउने प्रक्रिया ५ हजार वर्ष मात्र पुरानो मानिएको थियो । तर, नयाँ खोजले बियरको इतिहास बदल्ने भएको हो । तपाईंलाई अचम्म लाग्न सक्छ कि, बियर विश्वमा मानव निर्मित पहिलो पेय पदार्थ हो ।

फेला परेको प्राचीन बियर केही हदसम्म मिश्रित लेदोका रूपमा रहेको पाइएको छ । सो बेला अहिले हामी जस्तो बियर देख्छौं त्यस्तो थिएन । इतिहासका बियर आधुनिक बियरभन्दा निरस थियो भन्ने मानिन्छ । यति जान्नुपूर्व बियरको अवधारणा कसरी विकास भयो ? कसरी आविष्कार भयो ? भन्ने जान्न पनि उत्तिकै आवश्यक छ ।
मानवजातिले जुन समयदेखि अन्नबाली उब्जाउन थाले सोही समयदेखि बियर बनाएको मानिन्छ । कारण हो, बियर जौंबाट बन्नु । जौं मानवजातिले उमारेको पहिलो अन्न हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो स्वादिलो अन्न जब पानीमा भिज्यो, फर्मेन्टेसन हुन थाल्यो । यसको बाइप्रोडक्टका रूपमा बियरलाई मानिन्छ । फर्मेन्टेसनको यो प्रक्रियाले पानीलाई स्वादिष्ट बनाउन थाल्यो । यसरी बियरको आविष्कार भएको मानिन्छ । फर्मेन्टेसनको यो प्रक्रियालाई जादु मानिथ्यो । तर, वैज्ञानिक तथ्यले हावामा रहेको मर्चाको अंशले अन्नलाई स्वादिष्ट पेय बनाएको भन्छ ।

बेल्जियमलाई बियरको राजधानी मानिन्छ । तर, पहिलो बियर बेल्जियममा बनेको भने होइन । केही ऐतिहासिक तथ्यले पहिलो बियर मेसोपोटामिया सभ्यता (वर्तमान इरान) भएको संकेत गर्छ । यो ७ हजार वर्षअघिको कुरा हो । तर, त्यसको ३ हजार वर्षअघि सुमेरु सभ्याता र बेबिलोनमा पनि बियर खाने गरिएको मानिएको छ ।

Global Ime bank

यी ऐतिहासिक मान्यता र भर्खरै पत्ता लागेको सबैभन्दा पुरानो बियरले पनि बियरको इतिहासलाई १३ हजार वर्षअघि सम्म धकेल्छ । अब कुरा गरौं, पहिलो बियर कसले बनायो ? सिकारी मानवजाति कृषि सभ्याता बसाउन थाले । सोही मानवलाई पहिलो ब्रुमास्टर मानिन्छ । चिनियाँ मिथअनुसार सबैभन्दा पुरानो अल्कोहलयुक्त पेय पदार्थ ९ हजार वर्ष मात्र पुरानो हो जो चामल र महबाट बनेको थियो । तर, उनीहरू जौंबाट बनेको पहिलो बियर मध्यपूर्वमा बनेको स्वीकार्छन् ।

जानकारका अनुसार बियर प्रयोग बेबिलोनियाबाटै फस्टाएको हो । यसो त मिश्रका केही संस्कारमा पनि पेय पदार्थ खाएर मात्ने गरिएको बनाइन्छ । नाइलवरपरका कामदारलाई पनि ज्यालाका रूपमा पोषक अन्न, गुलियो मदिरा दिइन्थ्यो । फारोदेखि किसानसम्म र बालबालिकाले पनि दैनिक आहारका रूपमा बियर खाने गर्थे ।

अधिकांश प्राचीन बियरमा म्यान्ड्रेकल, छकडा, ओलिभ तेलगायत असाधारण एडिटिभ राखिएको हुन्थ्यो । बियरको आधुनिक स्वाद मध्यकालसम्म पनि नआएको ऐतिहासिक प्रमाण छन् । जब इसाई भिक्षु तथा आर्टिजानले बियर उत्पादन र व्यापक प्रयोग गर्न थाले । त्यसपछि बियरको स्वादमा व्यापक सुधार हुँदै गएको बताइन्छ ।
प्रारम्भिक मध्यकालमा आधुनिक बियरको जन्म भएको हो । सयौं वर्ष माल्ट गरेको जौंलाई फर्मेन्ट गर्ने सुगर मानियो ।

होप्स नामक वनस्पति तितो बनाउन तथा फ्लेभर राख्न प्रयोग गरे पनि त्यो १२औं शताब्दीसम्म सबैले प्रयोग गरेनन् । जर्मन इसाई भिक्षुले होप्सलाई प्रयोग गर्न थाले किनकि होप्सको प्रयोगले बियरलाई तितो र तिर्खा मेटाउने किसिमको बनायो, बियरलाई थप फाइदाजनक बनायो । र, बियरलाई लामो समय राख्न लायक बनायो । इतिहासविद्हरूले इसाई भिक्षुलाई बियरमा प्राप्त नवीनताको श्रेय दिन्छन् ।

त्यसयता उत्तरी युरोप, बेल्जियम, बेलायत बियरको केन्द्र बन्न पुग्यो । युरोपको साम्राज्य विस्तार भएसँगै बियर पनि विश्वभर फैलन थालेको हो । मर्चा बियर उत्पादनको मुख्य इन्ग्रिडियन्ट भए पनि बियर उत्पादकलाई यसबारे थाह थिएन । १९औं शताब्दीपछि मात्र बियर उत्पादनमा मर्चा प्रयोग गर्न थालिएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०७७  ०८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement