site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चितवनमा कोराना सुरक्षा मापदण्ड नमान्‍ने ७७३ जनामाथि कारवाही 

चितवन । चितवन प्रशासनले न्यूनतम कोरोना सुरक्षा मापदण्ड उल्लंघन गर्नेलाई जरीवानासहित कारवाही गर्ने निर्णय गरे पनि यसको उल्लंघन गर्ने व्यक्तिको संख्यामा कमी आएको छैन । 

फलस्वरुप प्रहरीले त्यस्ता व्यक्तिलाई आइतबारदेखि कारवाही प्रक्रिया सुरु गरेको छ । आइतबारदेखि सोमबार बेलुकासम्म ७ सय ७३ जनालाई कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय, चितवनले जानकारी दिएको छ । 

मापदण्ड उल्लंघन गर्ने व्यक्तिलाई  नियन्त्रणमा लिई ८३ हजार ५सय रुपैयाँ राजश्व संकलन गरिएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए । 

उनका अनुसार जिल्लाका विभिन्न ठाउँबाट सार्वजनिक स्थान, सार्वजनिक यातायातमा भौतिक दुरी कायम नगर्ने, र मास्क प्रयोग नगर्ने व्यक्तिहरुलाई कारबाही गरिएको हो । 

ती व्यक्तिहरुलाई संक्रमण रोग ऐन २०२० बमोजिम कारबाही गएिको थापाले बताए । उनीहरुलाई उल्लंघनको प्रकृति हेरी प्रति व्यक्ति एकसय र पाँचसय रुपैयाँ जरीवाना गरिएको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, साउन १९, २०७७  २२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro