site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसिड आक्रमणमा परेकी युवतीको अध्ययन खर्च नेविसंघले व्यहोर्ने

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सीतापाइलामा एसिड आक्रमणमा परेकी ओखलढुंगाकी युवतीलाई अध्ययन गराउने जिम्मा लिएको छ । 

नेविसंघका अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा गएको टोलीले एसिड आक्रमणमा परेकी ओखलढुंगाकी २२ वर्षीया पवित्रा कार्कीलाई भेटेर अध्ययनको जिम्मा लिएको हो ।

नेविसंघका अध्यक्ष राजिब ढुंगानाले कार्कीको अध्ययनको सम्पूर्ण जिम्मा नेविसंघले लिने जानकारी दिए । उनले कार्कीको आगामी अध्ययनको सम्पूर्ण खर्च नेविसंघले व्यहोर्ने बताए । कार्की प्लस टू गरेर अध्ययनका लागि काठमाडौं आएकी थिइन् ।

यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कार्कीको उपचार खर्च सरकारले व्यहोर्ने बताएका थिए । 

एसिड आक्रमणमा परेकी कार्कीको कीर्तिपुर अस्पतालको बर्न सेन्टरमा उपचार भइरहेको छ । गत बिहीबार साँझ सीतापाइलामा उनीमाथि एसिड प्रहार गरिएको थियो । प्रहरीले उनीमाथि एसिड छ्याप्ने दुई जनालाई सोही राति पक्राउ गरेको थियो । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बिहीबार, साउन १५, २०७७  १७:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro