site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भारतलाई दार्चुलाका सीडीओको पत्र– कालापानी हाम्रो हो, त्यहाँ जान कसैको अनुमति चाहिँदैन
Sarbottam CementSarbottam Cement

काठमाडौं । भारतले कब्जामा लिएको नेपाली भूमि गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन गरेको पत्राचारको जवाफ नेपालले फर्काएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतलाई पत्र पठाउँदै गुन्जी, कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएकाले त्यहाँ जान भारतको अनुमति आवश्यक नरहेको जवाफ फर्काएको हो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बाह्खरीसँग भने,“त्यो क्षेत्र नेपालकै हो । सुगौली सन्धीको धारा ५ मा भएको व्यवस्था, त्यतिबेला नेपाल सरकार र इष्ट इन्डिया कम्पनीबीच भएको सम्झौताको धारा ५, त्यतिबेलाका नक्साहरु र ऐतिहासिक तथ्य प्रमाणहरुको आधारमा त्यो नेपाली भूमि हो । त्यहाँ नेपालीले आवगमन गर्नु स्वाभाविकै रहेको र त्यहाँ आवागमन गर्ने नेपालीलाई कुनै पनि तत्वबाट अवरोध नगर्न भनेर पत्र पठाएका हौं ।”

उनले सो क्षेत्र पूर्णरुपमा नेपालको रहेको र त्यहाँ हिँडडुल गर्न नेपाली नागरिक पूर्णरुपमा स्वतन्त्र रहेको पनि पत्रमा उल्लेख गरेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

भारत धार्चुलाका उपजिल्ला अधिकारीले जुलाई १४ मा दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाउँदै गुन्जी, कालापानी र लिम्पियाधुरा क्षेत्रमा नेपालीको प्रवेशमा रोक लगाउन पत्राचार गरेका थिए ।

भारतले पठाएको पत्रमा भनिएको थियो, “विशिष्ट स्रोतबाट जानकारी प्राप्त भएको छ कि विभिन्न नेपाली गुट र समूहद्वारा भारतीय क्षेत्र गुन्जी, कालापानी र लिम्पियाधुरामा अवैध रुपमा चोरी छिपेर सीमापारि आउन चाहन्छन् । मिडियाको ध्यान केन्द्रित गरेर दुवै मुलुकलाई उनीहरु सताउन चाहन्छन् । त्यसैले अनुरोध छ कि यस्ता प्रकारका कुनै पनि सूचना भएमा तत्काल जानकारी गराउनुहोला ।”

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १४, २०७७  ११:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
राजनीति फेरि ओरालोतिर !
राजनीति फेरि ओरालोतिर !