site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विप्लव समूहका इञ्‍चार्जसहित चार जनाको म्याद थप 
Sarbottam CementSarbottam Cement

चितवन । गएराति पूर्वी चितवनको राप्ती नगरपालिका वडा नम्बर ९ रसौलीबाट प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका जिल्ला ईन्चार्जसहित पक्राउ परेका पाँचमध्ये ४ जनालाई म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ । 

पक्राउ परेकामध्ये जिल्ला इञ्चार्ज लाल बहादुर बिसीलाई चितवन अदालतले थप अनुसन्धानका लागि ५ दिनको म्याद थप गरेको छ भने अन्य तीनजना रामलाल विश्वकर्मा, भिम नारायण श्रेष्ठ, होमबहादुर खड्कालाई जिल्ला प्रशासन कार्यालय, चितवनबाट ७ दिनको म्याद थपिएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

पक्राउ परेका दान बहादुर श्रेष्ठ पार्टीमा संलग्‍न नदेखिएकोले प्रहरीको निगरानीमा रहने प्रहरी कार्यालयका प्रवक्ता सूर्य बहादुर थापाले जानकारी दिए । "जिसीको पुराना मुद्दा पनि रहेछन्, उनको पार्टीको भूमिका पनि ठूलो छ," थापाले भने, "दानबहादुर पार्टीमा संलग्न नभएको देखियो ।"

उनीहरुलाई सोमबार राति ८:३० मा राप्तीबाट पक्राउ गरिएको थियो  ।  यस अघि सोही समुहका पोलिटव्यूरो सदस्य अनिल शर्मा बिरहीलाई उपचारका क्रममा पुरानो मेडिकल कलेजबाट पक्राउ गरिएको  थियो ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १३, २०७७  १७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement