site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्राफिक बत्तीले सचिवको गाडी रोकिएपछि सिंहदरबारको मूल गेटको स्वरुप फेरियो
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल र सहसचिव राजेश्वर ज्ञवाली भद्रकालीबाट सिंहदरबारको मूल गेट हुँदै कामको सिलसिलामा बिहीबार (साउन ८) दिउँसो पुल्चोक जाँदै  थिए । 

प्रमुख प्रशासकीय केन्द्र सिंहदरबारको मूल गेटनजिकै बलेको रातो ट्राफिक लाइटले सहसचिव ज्ञवालीले ड्राइभ गरिरहेको गाडी टक्क रोकियो । त्यसैबेला ज्ञवालीका आँखा दैनिक दजनौं झण्डावाल र सेतो प्लेटका सवारीमा ओहोर-दोहोर गर्ने सिंहदरबारको कुरुप गेटमा ठोक्किए ।  

KFC Island Ad
Dabur Nepal
NIC Asia

"गाडी मैले चलाइरहेको थिएँ । सचिवज्यू र म एउटै गाडीमा थियौँ । प्रधानमन्त्रीदेखि, मन्त्री र उच्च पदस्थ व्यक्तिहरु दैनिक ओहोरदोहोर गर्ने सिंहदरबारको मूल गेट नै झारले ढम्म ढाकेको र भुइँभरी लेउ देखेपछि मैले सचिवज्यूलाई देखाउँदै भनें यहाँ सिंहदरबार प्रशासनको ध्यान नपुगे जस्तो छ," सहसचिव ज्ञवालीले सचिव अर्यालसँग भएको संवाद स्मरण गराउँदै भने, "सचिवज्यूबाट सकारात्मक सन्देश प्राप्त भएपछि मैले नगर प्रहरी प्रमुख धनपति सापकोटालाई सचिवज्यूको आदेश सुनाउनुभयो । त्यसपछि उहाँसहितको टोली खटिएर महानगरपालिकाले सरसफाइ गरेको हो ।" 

निर्देशनलगत्तै वातावरण व्यवस्थापन विभागका करिब ४० जनशक्तिले सिंहदरबारको मूल गेटअगाडिको भुइँको लेउ खुर्किने, झार उखेल्ने, सतह ढल र मंगल सफाइ गर्ने काम गरे । सरसफाइपछि संकलित फोहोर ट्रान्सफर स्टेसन पठाइयो । त्यहाँ जेटको प्रयोग गरेर पखाल्ने काम भयो । त्यसपछि सिंहदरबारको मूलढोका एकैछिनमा सुन्दर देखियो ।  

Royal Enfield Island Ad

सामान्यभन्दा सामान्य कुरामा पनि कहिलेकाँही ध्यान नजाँदा सहरको सौदर्य बिग्रिने गरेको ज्ञवालीको भनाइ छ । 

"देशकै मुख्य प्रशासनिक केन्द्र प्रवेश गर्ने मूल ढोकामा उम्रिएको झार र भुइँमा देखिएको लेउ सफा गर्दा त्यहाँको स्वरुप फेरियो," उनले भने, "काठमाडौं महानगरपालिकाले केही समयअघि सिंहदरबारनजिकै माइतीघर मण्डलमा रात्रिकालीन सहरी सौदर्य कार्यक्रमको नमुना परीक्षणका लागि एलईडी कलर पाइप लाइट जडान गरेको थियो । त्यसपछि त्यहाँको सध्याकालीन दृष्य अहिले मनोमोहक देखिएको छ ।" 

ज्ञवालीले सहरको सौदर्य बढाउने हो भने यस्ता सामान्य कुरामा पनि ध्यान दिनुपर्ने बताए । ‘‘यो उदाहरण मात्रै हो,’’ उनले भने, "काठमाडौंलाई विश्वस्तरीय ठूला सहरजस्तै आकर्षक देखाउन आगामी दिनमा बढी चहलपहल हुने, सार्वजनिक स्थल, धार्मिक तथा पर्यटकीय स्थल र सम्पदासूचीमा सूचीकृत स्थानहरुमा पनि सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्छ । हामी निरन्तरता दिन तयार छौँ ।’’

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, साउन ९, २०७७  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro